३१ श्रावण २०८३, आईतवार
,
Latest
जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘ इन्डोनेसियामा ३४१ परकम्प; भूकम्पमा मृत्यु सङ्ख्या ५१ पुग्यो, हजारौँ विस्थापित खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु व्यावसायिक गतिविधि बढाउन निजी क्षेत्रको प्रोत्साहन आवश्यक: चन्द्रप्रसाद ढकाल जाजरकोट पहिरोः सेनाद्वारा ३०० जनाको उद्धार देउवाले तीन पटक म हिन्दू हुँ भनेपछि… नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अल हरमिनका परफ्युम नेपालमा



अ+ अ-

काठमाडौँ । नेपालमा अल हरमिनका परफ्युम पाइने भएको छ ।

युएईको प्रतिष्ठित परफ्युम ब्राण्ड मध्येको एक अल हरमिनका उत्पादन नेपाली बजारमा पाइने भएको हो । बुधवार काठमाडौंमा एक कार्यक्रम गरि अल हरमिनका परफ्युमको उत्पादन सार्वजनिक गरियो ।

युएईको प्रतिष्ठित परफ्युम ब्राण्ड मध्येको एक अल हरमिनले विश्वका दर्जन बढी देशमा आफ्ना उत्पादनहरु विक्री, वितरण गर्दै आएको छ । नेपालमा इना सेन्टरले भित्राएको अल हरमिनका उत्पादन काठमाडौंका विभिन्न आउटलेटमा पाइनेछ । नेपालमा फेसन ट्रेन्डसँगै गुणस्तरीय परफ्युम इतर प्रयोग गर्नेको संख्या बढेको इना सेन्टरका प्रमुख उद्धव बर्तौलाले बताउनु भयो । पछिल्लो समय स्तरीय परफ्युमको माग बढीरहेको पनि उहाँले बताउनुभयो ।

नेपाली बजारमा सयभन्दा बढी ब्राण्डका परफ्युम उपलब्ध छन् । सामान्य परफ्युमदेखि ३० हजार रुपैयाँभन्दा बढी मूल्य पर्ने परफ्युम बजारमा उपलब्ध छ । विश्व बजारमा युरोपेली देशमा उत्पादन भएका परफ्युमलाई मध्यपूर्वका उत्पादनले विस्थापित गर्न थालेको छ ।