९ पुष २०८२, बुधबार
,
Latest
सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती चुनावी गतिविधि तीव्र, समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरु हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

अल हरमिनका परफ्युम नेपालमा



अ+ अ-

काठमाडौँ । नेपालमा अल हरमिनका परफ्युम पाइने भएको छ ।

युएईको प्रतिष्ठित परफ्युम ब्राण्ड मध्येको एक अल हरमिनका उत्पादन नेपाली बजारमा पाइने भएको हो । बुधवार काठमाडौंमा एक कार्यक्रम गरि अल हरमिनका परफ्युमको उत्पादन सार्वजनिक गरियो ।

युएईको प्रतिष्ठित परफ्युम ब्राण्ड मध्येको एक अल हरमिनले विश्वका दर्जन बढी देशमा आफ्ना उत्पादनहरु विक्री, वितरण गर्दै आएको छ । नेपालमा इना सेन्टरले भित्राएको अल हरमिनका उत्पादन काठमाडौंका विभिन्न आउटलेटमा पाइनेछ । नेपालमा फेसन ट्रेन्डसँगै गुणस्तरीय परफ्युम इतर प्रयोग गर्नेको संख्या बढेको इना सेन्टरका प्रमुख उद्धव बर्तौलाले बताउनु भयो । पछिल्लो समय स्तरीय परफ्युमको माग बढीरहेको पनि उहाँले बताउनुभयो ।

नेपाली बजारमा सयभन्दा बढी ब्राण्डका परफ्युम उपलब्ध छन् । सामान्य परफ्युमदेखि ३० हजार रुपैयाँभन्दा बढी मूल्य पर्ने परफ्युम बजारमा उपलब्ध छ । विश्व बजारमा युरोपेली देशमा उत्पादन भएका परफ्युमलाई मध्यपूर्वका उत्पादनले विस्थापित गर्न थालेको छ ।