२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस चितवनद्धारा ‘सात पालिका सात वाटिका’ अभियान सञ्चालन



अ+ अ-

चितवन । नेपाली कांग्रेस चितवनले जिल्लाका सातै पालिकामा सात वाटिका निर्माण एवं व्यवस्थापन गर्ने भएको छ । ‘सात पालिका सात वाटिका’ अभियान सञ्चालन गरी पार्टीमा महत्वपूर्ण योगदान पुर्‍याएका नेताहरुको नामबाट सात पालिकामा सात वाटिका निर्माण गर्न लागिएको हो ।

जिल्ला सभापति राजेश्वर खनालका अनुसार माडी नगरपालिकामा गणेशमान स्मृति दिवसको अवसर पारेर आज गणेशमान सिंह स्मृति वाटिका शुभारम्भ गरिएको छ । माडी–५ मा करिब दुई बिघा क्षेत्रफलमा उक्त वाटिका निर्माण सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

सभापति खनालले भरतपुर महानगरपालिकामा बिपी शान्ति नगर वनलाई व्यवस्थित गरेर सोही वाटिकालाई व्यवस्थित गरिने बताउनुभयो । रत्ननगरमा सुशील कोइराला स्मृति पार्क, खैरहनीमा शुवर्णशमशेर वाटिका, राप्तीमा गिरिजाप्रसाद कोइरालापार्क, कालिका नगरपालिकामा किसुनजी वाटिका र ईच्छाकामना गाउँपालिकामा शैलजा आचार्य स्मृति पार्क बनाउने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

खनालका अनुसार स्थानीय तहसँग उपयोग नभएर बसेका उपयुक्त जग्गा माग गरी आर्थिक सङ्कलनमार्फत पार्क निर्माण गरिँदै छ । माडीमा गणेशमान सिंहको नाममा प्रतिष्ठान गठन गरिएको छ भने अन्य पालिकामा नेपाली कांग्रेस चितवनअन्तर्गत रहने गरी दर्ता गरिएको सान्दाजु स्मृति प्रतिष्ठानमार्फत् वाटिकाको निर्माण र संरक्षण गरिने योजना रहेको उहाँले उल्लेख गर्नुभयो ।