१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन

निजी क्षेत्रले सरकारलाई दिएका सुझाव लागू गर्ने हो भने छोटो समयमै देश विकास हुन्छ: अध्यक्ष ढकाल

निजी क्षेत्रले सरकारलाई दिएका सुझाव लागू गर्ने हो भने छोटो समयमै देश विकास हुन्छ: अध्यक्ष ढकाल
अ अ+ अ-

काठमाडौँ । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान सरकारले निजी क्षेत्रलाई प्राथमिकता दिएको बताउनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सरकारका परिवर्तित नीति निजी क्षेत्रले माग गरे अनुसारको रहेको बताउनुभएको हो ।

उहाँले निजी क्षेत्रलाई प्रवद्र्धन गर्ने विषयलाई महत्व दिएर निजी क्षेत्रले दिएका सुझावहरु कार्यान्वयन हँुदै गएको बताउनु भयो । अन्य मुलुकमा निजी क्षेत्रलाई समेटेर सँगै गएको बेला नै आर्थिक समृद्धि र विकासले गति लिएको बताउनु भयो । उहाँले निजी क्षेत्रका मागहरु सम्बोधन गर्ने देशहरुले नै छोटो समयमा विकास गरेको बताउनु भयो ।

उहाँले अहिले आफूहरुले सरकारलाई निजी क्षेत्रका मागहरु सम्बोधन गर्न आग्रह गरेको र जसमा सरकार सकारात्मक रहेको बताउनु भयो । उहाँले निजी क्षेत्रका मागहरुमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी सकारात्मक रहेको तर कर्मचारीतन्त्रमा पनि सोही सकारात्मकता हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘निजी क्षेत्रलाई प्रमोट गर्ने कुराहरुको जुन इस्युहरु छ । निजी क्षेत्रले दिएका सुझावहरु वास्तवमा क्रमश: लागू गर्दै जाने हो भने छोटो समयमा धेरै चिजहरुको एउटा रिजल्ट लिन सकिन्छ । बाहिरतिर हेर्ने हो भने विदेशमा जहाँ आर्थिक समृद्धिको कुराहरु, विकासको कुराहरु भएको छ, त्यो जहाँ निजी क्षेत्रलाई इन्करेज गरेको छ, निजी क्षेत्रलाई प्राथमिकता दिएको छ, निजी क्षेत्रका जायज इस्यु सम्बोधन भएको छ, त्यो देशमा छोटो समयमा द्रुत विकास भएको छ । हामीले अहिले सरकारलाई, सरकार अन्तर्गतका निकायलाई पनि वास्तवमा त्यहीअनुसार सुझाव दिएका छौँ । यसमा के देखिएको छ भने सम्माननीय प्रधानमन्त्री, अर्थमन्त्री र उद्योगमन्त्रीज्युलाई हामीले भेट्दा हाम्रो मागमा उहाँहरु पोजिटिभ हिसावले लागिपर्नु भएको छ । तथापि डाउन द लाइन अझै पूरै उहाँहरुको पोजिटिभ हिसावको कमिटमेण्ट पूरा गर्न तलदेखिकै मेकानिजम सकारात्मक हुनुपर्छ ।’

मुलुकको अर्थतन्त्रमा क्रमश: सुधार हुन थालेको जस्तो देखिए पनि उत्साही हुन नसकिएको बताउनु भयो । अध्यक्ष ढकालले बैंकको ब्याजदर घट्दा कर्जा प्रवाह उल्लेख्य हुन नसक्नु अझै वित्तीय असुरक्षाको शंका गर्ने ठाउ बाँकी रहेको बताउनु भयो । यस्तो अवस्थामा निजी क्षेत्र सन्तुष्ट भएर बस्ने अवस्था नरहेको बताउँनु भयो । अध्यक्ष ढकालले सबै सकारात्मक हुने हो भने देश विकासले गति लिने र असुरक्षाको अवस्था हटेर जाने विश्वास व्यक्त गर्नुभयो ।