१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन

अन्तराष्ट्रिय जगतमा नेपाल चिनाउने पुस्तक ‘ट्विलाइट क्रोनिकल्स’ बजारमा

अन्तराष्ट्रिय जगतमा नेपाल चिनाउने पुस्तक ‘ट्विलाइट क्रोनिकल्स’ बजारमा
अ अ+ अ-

काठमाडौँ । नेपालका लागि रोमानिका गैरआवासीय राजदूत डानिएला सेजोनोभ तानेको पुस्तक ‘ट्विलाइट क्रोनिकल्स’ बजारमा आएको छ । वागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले विमोचन गरेसँगै पुस्तक नेपाली बजारमा आएको हो ।

सोमबार यहाँ आयोजित कार्यक्रममा प्रदेश प्रमुख देवकोटाले नेपालका कुनाकन्दरा घुमेर यहाँको सौन्दर्य वर्णन गरेकामा लेखिकाप्रति आभार व्यक्त गर्दै उक्त पुस्तक पढेर युरोपेलीमात्र नभइ अन्य देशका अङ्ग्रेजीभाषी पर्यटक नेपाल भ्रमणमा आउने विश्वास व्यक्त गर्नुभयो ।

राजदूत तानेले नेपाल र नेपालीबाट आफू प्रभावित भएको बताउँदै यहाँको प्राकृतिक छटालाई शब्दमा वर्णन गर्न सकिन्न भन्नुभयो । फरक प्रसङ्गमा उहाँले नेपालीका निम्ति रोमानिया रोजगारीको आकर्षक गन्तव्य बनेको बताउँदै हाल उक्त मुलुकमा २० हजारभन्दा बढी नेपालीले काम गरिरहेका जानकारी दिनुभयो ।

यहाँस्थित रोमानियका अवैतनिक वाणिज्यदूत नारायण बजाजले नेपाल र नेपालीलाई पुस्तकका माध्यमबाट चिनाउन राजदूत तानेले सराहनीय काम गरेको बताउनुभयो ।

नयाँदिल्लीमा रहेर नेपाल र श्रीलङ्काको सहप्रमाणिकरणको समेत जिम्मेवारीमा रहनुभएकी राजदूत सेजोनोभले रोमानियाको कूटनीतिक सेवा प्रारम्भ गर्नुअघि अन्तरराष्ट्रिय रेडक्रसमा आबद्ध भएका बेला नेपालमा सेवा गर्नुभएको थियो ।