९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’

प्याराग्लाइडिङ दुर्घटनामा एकको मृत्यु, एक घाइते

प्याराग्लाइडिङ दुर्घटनामा एकको मृत्यु, एक घाइते
अ अ+ अ-

काठमाडौ । प्याराग्लाइडिङ दुर्घटनामा परी पोखरामा आज एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अर्का एकजना घाइते भएका छन् । पोखरा महानगरपालिका–१८ सराङकोटबाट उडान भरेको फिष्टेल कम्पनीको प्याराग्लाइडिङ अवतरणको क्रममा आज दुर्घटना हुँदा पाइलट ३८ वर्षीय राजु गैरे नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका पोखरा–२८ घर भई हाल लेकसाइड बस्ने पाइलट नेपालीको मेट्रोसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार घटनामा घाइते प्याराग्लाइडिङमा सवार काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–२ का २८ वर्षीया शिला श्रेष्ठको अवस्था गम्भीर रहेको छ । फेवाताल किनारस्थित क्याम्प चोकमा अवतरण गर्ने स्थानभन्दा करीब एक दशमलव दुई किलोमिटर टाढा प्याराग्लाइडिङ दर्घटनामा परेको थियो । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको प्रनाउ रेग्मीले जानकारी दिनुभयो ।