३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

टस जितेर नेपालले क्यानडालाई दियो ब्याटिङको निम्तो, सुरुवाती–११ मा को–को छन् ?



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

क्यानडामा हुने त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा घरेलु टोली क्यानडा, नेपाल र ओमान छन् ।

आजदेखि शुरू हुन लागेको शृङ्खलामा नेपालले दोस्रो खेलमा पर्सि असोज २ गते ओमानसँग, तेस्रो खेलमा असोज ६ गते क्यानडासँग र चौथो खेलमा असोज ८ गते ओमानसँग खेल्नेछ ।

एकदिवसीय शृङ्खलापछि यी तीन टोलीबीच टी–२० अन्तर्राष्ट्रिय शृङ्खला पनि हुनेछ ।