२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

बंगलादेशबाट जीटुजी प्रक्रियाबाट रासायनिक मल ल्याउने सम्भावना कम

बंगलादेशबाट जीटुजी प्रक्रियाबाट रासायनिक मल ल्याउने सम्भावना कम
अ अ+ अ-

काठमाडौँ । बंगलादेशबाट जीटुजी (सरकार–सरकार) प्रक्रियाबाट ५० हजार टन रासायनिक मल ल्याउने सम्भावना पनि कम हुँदै गएको छ । पैंचोमा ल्याउने भनिए पनि सफल नभएपछि गत कात्तिक २४ गते मन्त्रिपरिषद् बैठकले जीटुजीमार्फत मल ल्याउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णय नै अस्पष्ट हुनुका साथै त्यसपछिका प्रक्रिया नै अघि नबढेपछि बंगलादेशबाट मल आउने सम्भावना पनि टर्दै गएको हो । ‘पैंचोमा सम्भव नभएपछि जीटुजी मार्फत भनियो । तर मन्त्रिपरिषद्को पत्रमा जीटुजीमा जान स्पष्ट भनिएन । पत्र जीटुजी अथवा प्रतिस्पर्धाबाट भन्ने खालको आयो,’ मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले भने, ‘मल नआउनै नै अवस्था त भइसकेको छैन । तर जीटुजीमा जाने कि नजाने भन्ने विषयमा छलफलमै छौं । टुंगिएको छैन ।’

धानबालीकै मुखमा मल अभाव भएपछि कृषि मन्त्रालयले बंगलादेशबाट पैंचोमा ल्याउने जनाएको थियो । पैंचोमा मल ल्याउने विषयमा दुई देशका प्रधामन्त्रीबीच भदौ दोस्रो साता मौखिक सहमति भएको थियो । दुई महिना ढिलो गरी बंगलादेशले पैंचोमा दिने मौखिक सहमतिबाट पछि हटेपछि जीटुजीमार्फत खरिद गर्ने जनाएको थियो । तर उक्त प्रक्रियाबाट पनि सम्भावना टर्दै गएको छ । यस विषयमा परराष्ट्र मन्त्रालयसमेत बेखबर छ । ‘सरकारले मल खरिद सम्बन्धमा निर्णय गरेकोबारे मैले अनौपचारिक जानकारी पाएको हुँ,’ ढाकाबाट राजदूत डा। वंशिधर मिश्रले कान्तिपुरसग फोनमा भने, ‘तर यसबारे न औपचारिक पत्र आएको छ, न मन्त्री वा उच्च पदस्थबाट कुनै निर्देशन नै आएको छ ।’ धान रोप्ने बर्खे सिजनमा नेपाली कृषकले युरिया मलको अभाव बेहोर्नुपरेपछि गत भदौ अन्तिम सातामा प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशी समकक्षी शेख हसिना बाजेदसमक्ष ५० हजार टन पैंचो मागेका थिए । पैंचो मागिएको मल ल्याउनका लागि पहल सुरु भए पनि कानुनी र विविध प्रक्रियाका कारण यो मल हिउँदे (गहुँ) सिजनसम्म पनि आउने छाँट देखिएन । यही कठिनाइका माझ मल तत्कालै आयात गर्न खरिद प्रक्रियामा सहमति जनाए पनि सरकारको यो निर्णयबारे बंगालादेश सरकार ‘बेखबर’ रहेको राजदूत मिश्रले बताए ।

‘मल पैंचो प्रक्रियामा सबै तहमा सम्झौता, टेन्डर भइसकेको हो । यताबाट पैंचो अथवा पैसामा खरिदारीको दुवै सर्तमा सहमति जुटेको हो । त्यही आधारमा नेपालमा मन्त्रिपरिषद्ले तत्काल मल खरिद गर्नेबारे निर्णय गरेको सुनेको हुँ,’ राजदूत मिश्रले भने, ‘दुई साताअघिको त्यो निर्णयबारे लिखित जानकारी आइदिएको भए अहिलेसम्म मल खरिदको सम्पूर्ण प्रक्रिया टुंगिनेवाला थियो । अब बंगलादेशमा पनि हिउँदे खेती सिजन सुरु भइसकेको अवस्थामा उनीहरूको कामको प्राथमिकता पनि अलग हुने स्थिति आएको छ ।’ मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जीटुजीमा सस्तो पर्ने देखिए आयात अथवा नल्याउन पनि सकिने जानकारी दिए । ‘साल्ट ट्रेडिङ कर्पोरेसन्स र कृषि सामग्री कम्पनीबाट मल आयात भइरहेकै छ । धानलाई अत्यावश्यक थियो, त्यति बेला आएन,’ प्रवक्ता केसीले भने, ‘त्यो नआएपछि आउनु र नआउनुमा खासै फरक छैन । सस्तो पर्ने भए जीटुजीबाट जान पनि सकिन्छ । सस्तो नपर्ने भए जीटुजीमा नजाने कि वा के गर्ने छलफल हुँदै छ ।’

मन्त्रालयले मल ल्याउने वा नल्याउने विषयमा निर्णय गरिरहँदा बंगलादेशकै मल आयात गर्नकै लागि कृषि सामग्री कम्पनीले टेन्डर प्रक्रिया टुंग्याइसकेको छ । कम्पनीले मल ढुवानी गर्न संयुक्त अरब इमिरेट्स (यूएई) को कम्पनी जेन्ट्रेड एफजेडएफले जिम्मा दिएको छ । कृषि सामग्रीले गत असोज ३ गते ग्लोबल टेन्डर आह्वानको सूचना प्रकाशित गरेको थियो । पाँच वटा कम्पनीको टेन्डर आवेदन परेकामा जेन्ट्रेडले सबैभन्दा कम मूल्यमा ढुवानी गर्ने प्रस्ताव गरेको थियो । कृषि र जेन्ट्रेडबीच भएको सम्झौतामा ६० दिनभित्र ल्याइसक्नुपर्नेछ । कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले तत्काल मल नल्याए कम्पनीले क्षतिपूर्ति व्यर्होनुपर्ने जानकारी दिए । ‘मल आयात गर्नकै लागि आयातकर्ता नियुक्तरछनोट गरिसकेका छौं । तर मल आयात गर्न पाएका छैनौं,’ उनले भने, ‘छिटो निर्णय नभए टेन्डर दरभन्दा महँगोमा ल्याउन सकिँदैन । मल ल्याउन नसक्दा एलसी खर्च र मल ल्याउन तयार गरिएको ६० हजार बोरा छापेको क्षतिपूर्ति कृषि कम्पनीले तिर्नुपर्छ ।’

अहिलेको अवस्था हेर्दा जीटुजीबाट मल आयातको सम्भावना न्यून रहेको उनले बताए । ‘जीटुजीको प्रक्रिया सरकारले गर्ने हो । कम्पनीले आयात गर्ने हो,’ भण्डारीले भने, ‘सरकार सरकारबीच सम्झौता हुन नसकेकाले समस्या भयो । अब अहिले हुन्छ, केही भन्न सकिएन ।’ यता कृषि तथा पशुपन्छी विकास मन्त्रालयका निमित्त सचिव योगेन्द्र कार्कीले कार्यान्वयनका लागि सोमबार नै कृषि सामग्री कम्पनीलाई पत्र पठाएको दाबी गरे । ‘मल आयात गर्न ढिलो भएकै हो । तर नआउने भन्ने छैन,’ कार्कीले भने, ‘हतार नगर्नुको कारण युरिया चाहिने भनेको गहुँ र मकैको टप ड्रेसिङका लागि हो । त्यसका लागि हामीसँग केही मौज्दात छ । त्यही भएर धानमा जस्तो आत्तिनुपर्ने अवस्था छैन ।’

कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक भण्डारीले मन्त्रालयबाट मन्त्रिपरिषद्को निर्णय पठाएको जानकारी पाएको बताए । ‘मंगलबार डकुमेन्ट हेरेर बोर्डमा एजेन्डा बनाएर पेस हुन्छ । बोर्डको निर्णयअनुसार थप प्रक्रिया अगाडि बढाउँछौं,’ उनले भने, ‘हामीले गर्ने तयारी गर्‍यौं । गर्न खोज्दा खोज्दै तालमेल नमिलेपछि केही गर्न सकिएन ।’

निमित्त सचिव कार्कीले मलमा आत्तिनुपर्ने अवस्था नभएको दाबी गरे पनि किसानले सहजै मल पाउन सकेको छैन । मंसिर पहिलो सातादेखि गहुँका लागि डीएपी मल चाहिन्छ । सरकारी तथ्यांकअनुसार गहुँ सिजनका लागि ५० हजार टनभन्दा बढी डीएपी चाहिन्छ । दोस्रो चरणमा सोही मात्रामा युरिया चाहिन्छ । तर मौज्दातको अवस्था भने न्यून छ । कृषि सामग्रीसँग डीएपी १९ हजार टन मात्रै छ । युरियाको हकमा ३० हजार टन आउने क्रममै छ । साल्टसँग डीएपी ८ हजार र युरिया १७ हजार टन मौज्दात छ । २० हजार टन डीएपी र ३० हजार टन युरिया ट्रान्जिटमा रहेको जनाइएको छ । कान्तिपुर दैनिक