२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

कारबाहीमा परे ३ सय २६ व्यावसायिक फार्म

कारबाहीमा परे ३ सय २६ व्यावसायिक फार्म
अ अ+ अ-

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ सय २६ व्यावसायिक फार्मलाई कारबाही गरेको छ । विभागले चालू आर्थिक वर्षको साउनदेखि ८ मंसिरसम्म गरेको बजार अनुगमनमा ३ सय २६ व्यापारिक फार्मलाई कारबाही गरी १ करोड २० लाख ५ हजार जरिमाना गरेको हो । विभागका अनुसार गत साउनदेखि ८ मंसिरसम्म १ हजार २ सय १२ व्यावसायिक फार्ममा अनुगमन गरेको छ । बजार अनुगमन गर्दा उपभोक्ता संरक्षण ऐन २०७५ को मापदण्डविपरीत व्यापार व्यवसाय गर्ने ३ सय २६ फार्मलाई कारबाही गरी १ करोड २० लाख ५ हजार जरिमाना गरेको विभागले जनाएको छ ।

विभागले उपभोक्ता संरक्षण ऐनअनुसार मापदण्डविपरीत व्यवसाय सञ्चालन गर्ने व्यावसायिक फार्मलाई कसुरअनुसार ५ हजारदेखि ३ लाख रुपैयाँसम्म जरिमाना गरेको छ । बजार अनुगमनका क्रममा मापदण्डविपरीत व्यवसाय सञ्चालन गरेको पाइएमा बजार निरीक्षण अधिकृतले नै ठाउँको ठाउँ ५ हजारदेखि ३ लाख रुपैयाँसम्म जरिमाना गर्न पाउने व्यवस्था ऐनमा छ । सोही ऐनबमोजिम विभागले बजार अनुगमन गरेर उपभोक्ता ठगी गरेको वा प्रचलित कानुनविपरीत गर्नेलाई तत्काल कारबाही गर्दै आएको छ । विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि ८ मंसिरसम्ममा इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, कपडा पसल, खाद्य तथा किराना, डिपार्टमेन्टल स्टोर, खसीबोका बिक्री, तरकारी तथा फलफूल, मासु, मदिरा, मार्ट, हार्डवेयर, मिठाई पसललगायतमा अनुगमन गरेको छ । सो अवधिमा ६० लाख ८८ हजार १ सय ९ रुपैयाँ बराबरको उपभोग गर्न नमिल्ने म्याद खाद्य सामान नष्ट गरेको छ । यसैगरी २८ वटा व्यवसायको कारोबार रोक्का गरेको छ ।

विभागका प्रवक्ता शिवराज सेढाईंले चालु आर्थिक वर्षको साउनदेखि ८ मंसिरसम्ममा उपत्यका मात्र ३ सय २६ व्यवसायीलाई कारबाही गरिएको जानकारी दिए । प्रवक्ता सेढाईंले बजार अनुगमन गर्दा खाद्य सामग्रीमा म्याद सकिएका खाद्यान्नमा पुनः म्याद राखेर बिक्री गर्ने, अनलाइन व्यापारमा खाद्यान्न, मार्ट, लेबल नभएका, एउटा भनेर अकै व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई कारबाही गरिएको गरेको बताए । उनले १ हजार २ सय १२ वटा व्यवसायमा अनुगमन गर्दा ८७ वटा व्यवसायमा मात्र सामान्य अवस्थामा बताए । प्रवक्ता सेढाईंले भने, ‘बजारलाई व्यवस्थित गर्न विभागले मात्र नभएर प्रदेश र स्थानीय तहले सबै जिम्मेवार निकायले प्रभावकारी ढंगले बजार अनुगमन गर्नुपर्छ । एक्लो विभागले मात्र बजारलाई व्यवस्थित गर्न सक्दैन । अनुगमनका क्रममा व्यवसाय दर्ता नगरेको, लेबल नभएका, म्याद नाघेका सामान बिक्री गरेका, लेबल नभएका सामान बिक्री गर्ने गरेको पाइन्छ । विभागले नियमित रूपमा बजार अनुगमन गरेर कारबाही गरेको नै छ । तर बजारमा मूल्यवृद्धि, ठगी, मिसावट भने कायमै छ । त्यसकारण बजारमा व्यापारीको मनपरीलाई नियन्त्रण गर्न विभाग एक्लैले सक्दैन । सबै जिम्मेवार निकायले बजार अनुगमन गरेर व्यवस्थित गर्न सकिन्छ ।’

चाडपर्वको बेला सक्रिय हुने बजार अनुगमन अन्य समयमा नहुँदा बजारमा व्यवस्थित नहुने उपभोक्ताको गुनासो छ । विभागका अनुसार चार महिनाको अवधिमा बजार अनुगमन गर्ने क्रममा १९ वटा अनलाइन व्यापार र औषधि पसल, २५ वटा खाद्य किराना पसल, ११ वटा पानी उद्योग, २४ वटा मदिरा पसल, १८ वटा मिठाई पसल, १० वटा मार्ट, ६ कपडा पसललगायतलाई कारबाही गरिएको छ ।

म्याद नाघेको खाद्यान्नमा पुनः म्याद राखी कमसल सामान बिक्री गर्ने कलंकीस्थित विष्णुलक्ष्मी इन्टरप्राइजेज र शंकर बयलकोटी र लगानीकर्ता रोनक बोधरालाई प्रतिव्यक्ति ३ लाख रुपैयाँ जरिमाना र एक वर्ष कैदको व्यवस्था गरेको छ । रिलेबलिङमा संलग्न विष्णुलक्ष्मी इन्टरप्राइजेजको फार्मसमेत खारेज भएको पाइएको छ । म्याद नाघेका सामान बिक्री गरेको कसुरमा आयन इन्टरप्राइजेजकी सञ्चालक पुष्पादेवी अग्रवालसहित पाँच जनालाई कारबाही गरिएको छ । राजधानी दैनिक