८ भाद्र २०८३, सोमबार
,
Latest
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित मेरिकी सांगीतिक दूत जेसिका लीन काठमाडौंमा, नेपाली संगीतकर्मीसँग व्यावसायिक आदानप्रदान प्रशासन जागिर हो%LS हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध पोखरा–जोमसोम हवाई उडान पुनः सुरु अरनिको राजमार्गको कोदारी खण्ड एक महिनापछि सञ्चालनमा, लिपिङमा पहिरो पन्छाउने कार्य अन्तिम चरणमा पार्टीको आन्तरिक मामिलामा अदालत प्रवेश गर्दैनः अर्जुननरसिंह केसी सरकार शान्ति सुरक्षाको मामिलामा लाचार देखियोः उपनेता अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानमा ५–११ वर्षका बालबालिकालाई पनि फाइजार खोप लगाइने



अ+ अ-

टोकियो । जापानमा कोरोनाभाइरस विरुद्घको फाइजर खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि लगाइने भएको छ । जापानको स्वास्थ्य मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि फाइजार खोप लगाउने निर्णय शुक्रबार गरेको हो ।

कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र बालबालिकामा जोखिम धेरै देखिएपछि सरकारले यस्तो निर्णय गरेको अधिकारीहरूले जनाएका छन् ।पछिल्लो विवरण अनुसार ५ देखि ११ वर्षसम्मका बालबालिका जापानमा ८० लाख रहेका छन भने उनीहरूलाई आगामी मार्चदेखि खोप लगाउन थालिने छ ।

अमेरिकी र जर्मनी कम्पनीले सहकार्य गरेर विकास गरेको यस खोप तुलनात्मक रुपमा अरुभन्दा विश्वसनीय र प्रभावकारी रहेको जापानका सरकारी अधिकारीहरूको बुझाई छ ।

जापानमा १२ भन्दा बढी उमेरका नागरिकलाई भने यसअघि नै खोप उपलब्ध गराइसकेको छ । विभित्र कारणले खोप लगाउन छुटेकाहरूलाई पनि जापान सरकारले खोप लगाउन उत्प्रेरित गर्ने गरेको छ ।

कोरोनाभाइरसका नयाँ नयाँ भेरियन्ट आइरहेकाले त्यसबाट जोगाउनका लागि खोप नै सबैभन्दा भरपर्दो र उपयुक्त उपाय भएकाले खोप लगाउने निर्णयमा पुगिएको जापानका मन्त्री नोरिको होरिउचीले जानकारी दिनुभयो ।

कतिपयले भने बालबालिकालाई खोप लगाउने निर्णय अवैज्ञानिक र घातक हुने, प्रतिकुल प्रभाव पर्ने भन्दै विमती पनि जनाएका छन् । विरोध हुँदै गर्दा पनि सरकारले सरोकारवाला तथा विज्ञहरूको रायका आधारमा बालबालिकालाई खोप लगाउने निर्णयमा पुगेको मन्त्री होरिउचीको भनाई छ ।

अन्य देशहरूमा गरिएको परीक्षणका क्रममा फाइजर खोप बालबालिकाका लागि ९०।७ प्रतिशत प्रभावकारी देखिएको पनि उहाँले बताउनुभयो । ९रासस÷सिन्ह्वा०