९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’

जिल्ला नगर र केन्द्र बीच पुलकोरुपमा काम गर्ने छु- उपाध्यक्षका उम्मेदवार ढकाल

जिल्ला नगर र केन्द्र बीच पुलकोरुपमा काम गर्ने छु-  उपाध्यक्षका उम्मेदवार ढकाल
अ अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले आफु नेतृत्वमा पुगेपछि जिल्ला नगरका समस्या पहिचान गरी समाधान गर्ने बताउनु  भएको छ ।  आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल प्यानललाई जिताउन भक्तपुरमा भेला भएका जिल्ला नगर अध्यक्षहरुको गुनासो सम्बोधन गर्दै आफु नेतृत्वमा पुगेपछि जिल्ला नगरका उद्योगीहरुले उचित नेतृत्व पाएको आभाष हुनेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

भक्तपुर उद्योग वाणिज्य संघले आयोजना गरेको जिल्ला नगरका अध्यक्षहरुको स्वागत तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै ढकालले व्यवसायीका समस्या बुझ्नका लागि वास्तविक व्यवसायी चाहिने भन्दै त्यस्ता व्यक्तिले मात्रै महासंघको नेतृत्वमा बसेर काम गर्न सक्ने बताउनुभयो । ‘म बाग्लुङमा जन्मिएर सानो व्यवसायीदेखि ठूला व्यवसायसम्म संचालन गर्दै ७७ ओटै जिल्लामा आफ्नो व्यवसाय विस्तार गरेको छु,’ उहाँले भन्नुभयो, ‘म चुनाव जित्नका लागि मात्रै नजिकिए भने मेरो व्यापार व्यवसाय कसरी चल्छ ? तसर्थ म महासंघको पद भएपनि नभएपनि जिल्ला नगरकै साथीहरुसँग रहनेछु ।’ अहिले चुनावी अभियानमा सबैजसो जिल्ला नगरका अध्यक्ष तथा उद्योगी व्यवसायीले आफु र आफ्नो टीमप्रति ठूलो साथ र समर्थन देखाउनु भएको बताउँदै आफु नेतृत्वमा पुगेपछि व्यवसायीका आशा मर्न नदिने बताउनुयो । 

‘अहिले सबैजसो जिल्ला नगरका अध्यक्ष तथा उद्योगी व्यवसायीले महासंघको साख खस्कियो, समस्या परेर फोन गर्दा नेतृत्वले फोन उठाएन भन्ने गुनासो गर्नु भएको छ ती कुरा आफु नेतृत्वमा पुगेपछि महासंघको पुरोनो साख फर्काउँदै प्रतिनिधित्व गराउनेछ,’ उहाँले बताउनुभयो । भक्तपुर उद्योग वाणिज्य संघले आयोजना गरेको सो कार्यक्रममा ढकाल समुहलाई निर्वाचनमा विजय गराउन ७० भन्दा जिल्ला तथा नगरका अध्यक्षहरु भेला भएका थिए । भेलामा उपस्थित अध्यक्षहरुले लामो समयपछि महासंघमा आफुहरुले जिल्ला नगरका समस्या बुझेका चन्द्र ढकालजस्तो व्यक्ति नेतृत्वमा पाएको र चन्द्र ढकाल टीमलाई जिताउन आफुहरु चुनावसम्म खटिने समेत बताउनुभएको थियो । 

कार्यक्रममा महासंघका पूर्व उपाध्यक्ष कृष्णप्रसाद ताम्राकारले अबको निर्वाचनमा चन्द्रप्रसाद ढकाल प्यानलको विकल्प नभएको बताएका थिए । महासंघमा ताम्राकार एक प्रभावशाली नेताका रुपमा हुनुहुन्छ । त्यस्तै कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठ तथा निवर्तमान अध्यक्ष कृष्ण प्रसाद अवालले चन्द्र ढकाल टीमलाई भक्तपुरमा स्वागत गर्दै विजयको शुभकामना समेत दिनुभएको थियो ।उहाँहरुले उद्योगी व्यवसायीका हकहितका लागि भएपनि ढकाल प्यानललाई जिताउन सम्पूर्ण जिल्ला नगर अध्यक्षहरुलाई आग्रह गर्नुभएको थियो ।