२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर

अर्को चुनावअघि प्रधानमन्त्री ओलीको विकल्प अरु हुनै सक्दैनन् : राज्यमन्त्री मानन्धर

अर्को चुनावअघि प्रधानमन्त्री ओलीको विकल्प अरु हुनै सक्दैनन् : राज्यमन्त्री मानन्धर
अ अ+ अ-

काठमाडौं । शहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा जनताको समृद्धिको सपना पुरा हुने बताउनुभएको छ । बिहिबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा फोकस नेपालले आयोजना गरेको कोरोना नियन्त्रणमा सरकार र नागरिक समाजको भुमिका विषयमा अन्तरक्रियामा मन्त्री मानन्धरले प्रधानमन्त्री ओलीकै नेतृत्वमा समृद्ध नेपाल निर्माण हुने बताउनुभएको हो । मन्त्री मानन्धरल प्रजातन्त्र स्थापनापछिको ७० वर्षे कालखण्डमा पहिलो पटक सबैभन्दा शक्तीशाली सरकार बनेको बताउँदै प्रधानमन्त्री ओलीको विकल्प अरु कोही हुन नसक्ने बताउनुभयो । जनताले वश्विास गरेर ओली नेतृत्वमा सरकार बनाउन नेकपालाई जिम्मा दिएको बताउँदै आगामी दुई वर्षमा चुनावी घोषणापत्र र जनतासँग गरिएका प्रतिवद्धता अनुसार वर्तमान सरकारले काम गर्ने बताउनुभयो । जनताले पाँच वर्षका लागि प्रधानमन्त्री ओलीको नेतृत्वमा सरकार बनाउने अभिमत दिएको बताउँदै मन्त्री मानन्धरले जनमतको अवमुल्यन गर्ने काम कतैबाट पनि हुन नहुने बताउनुभयो ।  

सत्तारुढ नेकपामा देखिएको विवाद समाधानका लागि शिर्ष नेताहरु लागिपरेको बताउँदै केही दिनभित्रै कार्यकर्तामा उत्साह भर्नेगरी निर्णय आउने मन्त्री मानन्धरले दाबी गर्नुभयो । पार्टीमा केही राजनीतिक विवाद देखिएपनि समाधान हुने बताउँदै मन्त्री मानन्धरले अत्तालिनुपर्ने अवस्था नरहेको दाबी समेत गर्नुभयो । जनताले महसुस गर्नेगरी काम भइरहेको बताउँदै मन्त्री मानन्धरले ठुला परियोजनाहरुको निर्माण र समानुपातिक वकिासका लागि सरकारको प्रयास सार्थक हुँदै गएको दाबी गर्नुभयो । मन्त्री मानन्धरले कोरोनाका कारण विकासमा केही बाधा देखिए पनि अब निरन्तर काम हुने बताउनुभयो । 

मन्त्री मानन्धरले कोरोना नियन्त्रणमा सरकारले सबै उपाय अवलम्वन गरेको बताउँदै जनताको जीवन रक्षाका लागि कुनै कसर बाँकी नराखिने बताउनुभयो । दक्षिण एसियाली मुलुकमध्ये नेपालले स्रोतले भ्याएसम्म  सबैभन्दा राम्रो व्यवस्थापन मिलाएको दाबी गर्दै मन्त्री मानन्धरले निशुल्क उपचारका सबै प्रक्रिया सहज बनाइएको बताउनुभयो । सरकारले १७ लाखभन्दा बढीको कोरोना परीक्षण र उपचार गरेको बताउँदै एक्कासी आएको महामारी नियन्त्रणका क्रममा केहि समस्या देखिनु स्वभाविक भएको बताउनुभयो । लाखौं नागरिक प्रभावित भएको महामारी नियन्त्रणका लागि विश्व नै लागिपरेको बताउँदै मन्त्री मानन्धरले खोपको विकास हुने वितिक्कै नेपाल ल्याउने गरी सरकारले कार्यदल मार्फत् काम गरीरहेको बताउनुभयो । 

मन्त्री मानन्धरल कोरोना रोकथाम र उपचारका लागि बेसार पानी, गुर्जो लगायतका जडिबुटीजनय नेपालका प्राकृतिक उपजहरुको उपयोगमा जोड दिन पनि आम साधारणलार्र्इ आग्रह गर्नुभयो । कार्यक्रममा कोरोना नियन्त्रणका लागि योगदान पुर्याएका विभन्नि व्यक्तित्वलाई सम्मान गरिएको थियो ।