२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

सेयर बजारमा ‘रेकर्ड ब्रेक’ कारोबार

सेयर बजारमा ‘रेकर्ड ब्रेक’ कारोबार
symbolic picture
अ अ+ अ-

काठमाडौं । सेयर बजारमा बिहीबार सबैजसो प्रमुख सूचकले यसअघिका रेकर्ड तोडेका छन्। यसअघि १८८१ अंकको रेकर्ड बनाएको नेप्से सूचक बिहीबार बजार बन्द हुँदासम्म १८९३ अंक नाघेको छ। यसै दिन अन्तरदिवसीय व्यापारमा सूचक १९२६ अंकभन्दा माथि पुग्यो। यस्तै सेयरको कारोबार रकम र संख्यामा पनि नयाँ रेकर्ड बनेको छ। नेप्सेमा बिहीबार ७ अर्ब ६१ करोड ३० लाख ३० हजार रुपैयाँको सेयर किनबेच भयो। यो हालसम्मकै उच्च कारोबार हो। त्यस्तै नेप्सेको बजार पुँजीकरण पनि अहिलेसम्मकै उच्च भएको छ। बिहीबार नेपाली सेयर बजारको आकार २५ खर्ब ३७ अर्ब ४४ करोडभन्दा बढी भयो। सर्वसाधारण लगानीकर्ताको स्वामित्वमा रहेको सेयरको मात्र बजार पुँजीकरण पनि ८ खर्ब ७३ अर्ब ५३ करोड ५२ लाख नाघ्यो। यी दुवै नयाँ कीर्तिमानी आँकडा हुन्।

कुल गार्हस्थ उत्पादन (जीडीपी)सँगको अनुपातमा सेयर बजारको आकार दुई तिहाइभन्दा ठूलो भएको छ। केन्द्रीय तथ्यांक विभागले गत वर्षको जीडीपी ३७ खर्ब ६७ अर्ब ४ करोड रहेको उल्लेख गरेको छ। जीडीपीको अनुपातमा सेयरको कुल बजार पँुजीकरण ६७ प्रतिशत र फ्लोट बजार पँुजीकरण २३ प्रतिशत छ। त्यस्तै नेप्सेमा बिहीबार एकै दिन ७० हजार पटक सेयर किनबेच भयो। यति धेरै कारोबार यसअघि कहिल्यै भएको थिएन। यसदिन १ करोड ७१ लाख ८८ हजार कित्ता सेयर किनबेच भयो। 

योचाहिँ हालसम्मको दोस्रो बढी कारोबार भएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए। लामो समयदेखि रोकिएको वाणिज्य बैंकको सेयर मूल्य बढ्न थालेपछि नेप्सेमा नयाँ कीर्तिमानी कारोबार भएको हो। बिहीबार वाणिज्य बैंक समूहको परिसूचक २.७ प्रतिशत बढेको छ।यसअघि ४ मंसिरमा नेप्सेमा ६ अर्ब रुपैयाँभन्दा बढीको सेयर किनबेच भएपछि प्रवक्ता पराजुलीले अनलाइन प्रणालीका कारण सेयर बजारको कारोबार चुलिएको बताएका थिए। पछिल्लो समय कोरोना महामारीले लगानीको वातावरण संकुचित भएपछि सेयर बजारबाट पैसा कमाउने प्रवृत्ति बढेको छ। यसका लागि ठूला लगानीकर्ताले म्युचुअल फन्डमार्फत सेयर बजारमा ठूलो लगानी भिœयाएर बजार उकास्न मद्दत गरेको केही ब्रोकरले बताएका छन्।

‘बजार बढ्छ भनेपछि जुनसुकै तरिकाले बढाउने प्रयास हुन्छ,’ ती ब्रोकर भन्छन्, ‘अहिले पनि त्यही भएको छ।’ तर, कतिपय ब्रोकर र विश्लेषकले अब नयाँ लगानीकर्ता बजार प्रवेश गर्नु जोखिमपूर्ण हुने बताएका छन्। बढ्दो बजारमा तल्लो तहबाट नयाँ लगानीकर्ता प्रवेश गर्नु उचित हुने भए पनि अब बजार निकै माथि पुगिसकेको उनीहरू बताउँछन्।

‘अब बजार धेरै माथि जाने सम्भावना कम हुन्छ। त्यसै पनि उतारचढाव आउन सक्छ,’ सेयर विश्लेषक लोचन कोइराला भन्छन्, ‘अहिलेसम्म केही पैसा कमाइसकेका मान्छेले जोखिम लिन्छन् तर यो स्तरमा पुगेपछि नयाँ मान्छेले बजारमा पैसा खन्याउँदाचाहिँ विचार पुर्‍याउनुपर्छ।’ अन्नपुर्णपोष्ट दैनिक