२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको जिरिबाम जिल्लामा झडप हुँदा पाँच जनाको मृत्यु



अ+ अ-

एजेन्सी । भारतको द्वन्द्वग्रस्त उत्तरपूर्वमा शनिबार भएको झडपमा कम्तिमा पाँच जनाको मृत्यु भएको स्थानीय सरकारी अधिकारीले बताएका छन् ।

युद्धग्रस्त म्यानमासँगको भारतको सीमामा रहेको जिरिबाम जिल्लामा भएको पछिल्लो झडपमा पाँच जनाको मृत्यु भएको हो । “जिरिबाममा बिहानदेखि नै दुई समुदायबीच झगडा भईरहेको छ । हालसम्म झडपमा पाँच जनाको मृत्यु भईसकेको छ र हामी थप विवरणको प्रतिक्षामा छौं”, एक स्थानीय सरकारी अधिकारीले बताउनुभयो ।

घटनामा एकजनाको सुतिरहेको बेला गोली हानेर हत्या गरिएको थियो भने अन्य चारजना सशस्त्र व्यक्तिको त्यसपछि भएको गोली हानाहानको क्रममा मृत्यु भएको प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ ।

मणिपुर राज्यमा मुख्यतया हिन्दू बहुमत मेइतेई र इसाई कुकी समुदायबीच एक वर्षभन्दा बढी समयदेखि द्वन्द्व बढ्दै आएको हो । द्वन्द्व बढ्दै गएपछि हाल पहिले बसोबास गर्ने समुदायलाई जातीय रेखामा विभाजन गरिएको छ ।

विद्रोही समूहले शुक्रबार गरेको रकेट आक्रमणमा एक ७८ वर्षीया वृद्धको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएपछि विद्यालयहरू बन्द गर्ने आदेश दिइएको थियो । एक स्थानीय सरकारको सूचनामार्फत “विद्यार्थी र शिक्षकहरूको सुरक्षा” का लागि राज्यका सबै विद्यालयहरू शनिबार बन्द गरिने घोषणा गरिएको हो ।

मणिपुरका पूर्व मुख्यमन्त्री स्वर्गीय मैरेनबाम कोइरेङ सिंहको निवासमा रकेट आक्रमण हुँदा एक वृद्ध व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएको छ।

इन्डियन एक्सप्रेस नामक पत्रिकाले एक अज्ञात सुरक्षा स्रोतलाई उद्धृत गर्दै रकेटहरू गेल्वनाइज्ड फलामको पाइप प्रयोग गरेर बनाइएको “इम्प्रोभाइज्ड प्रोजेक्टाइल” जस्तो देखिने जानकारी गराएको छ ।

शुक्रबारको आक्रमण विद्रोहीहरूले विस्फोटक पदार्थ खसाल्न ड्रोन प्रयोग गरेपछि प्रहरीले राज्यमा हिंसाको उल्लेखनीय वृद्धि“ भएको बताएको छ ।

मेइतेई र कुकी समुदायबीच भूमी र सार्वजनिक रोजगारीको विषयमा लामो समयदेखि द्वन्द्व चलिरहेको छ ।

अधिकारकर्मीहरूले राजनीतिक लाभका लागि स्थानीय नेताले जातीय विभाजन बढाएको आरोप लगाएका छन् ।