२२ मंसिर २०८२, सोमबार
,
Latest
‘जेनजी’ प्रदर्शनका क्रममा भागेका एक व्यक्ति पक्राउ जापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी जारी अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनी नेता जेलेन्स्कीको आलोचना, युरोपेली सहयोगीसँग भेट्दै मुख्यमन्त्री शाह र अर्थमन्त्री खनालबीच भेट भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित गुणस्तरीय काम गरे भुक्तानीमा समस्या छैनः मुख्यमन्त्री कँडेल भृकुटीमण्डपमा आगामी पुस ५ गते ‘एकता सन्देश सभा’ नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी पञ्चाङ्ग निर्णायक समितिमा २०८३ सालको पात्रोलाई स्वीकृति दिने प्रक्रिया अवरुद्ध नेताहरुको लुट, भ्रष्टाचार र ऋण आतंकले नेपाल ग्रेलिष्टमा पुग्योः प्रभु साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री ओली न्यूयोर्क जानुहुने



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्यूयोर्क जानुहुने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीको भ्रमण कार्यक्रम स्वीकृत गरिसकेको छ । उहाँ आगामी असोज ४ गते त्यसतर्फ प्रस्थान गर्नुहुने कार्यक्रम तय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलले सहभागिता जनाउँदै आएको छ । नेपालले राष्ट्रसङ्घको वडापत्रलाई परराष्ट्र नीतिको अभिन्न अङ्ग मान्दै आएको छ । विश्व शान्तिका लागि नेपालले राष्ट्रसङ्घको छातामुनी रही महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।