१० भाद्र २०८३, बुधबार
,
Latest
पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक… रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार बाढीपछि पशुजन्य रोग फैलिन नदिन विशेष सतर्कता अपनाउन पशु सेवा विभागलाई मन्त्री चौधरीको निर्देशन बाढी प्रभावित क्षेत्रमा खाद्य सुरक्षा प्रतिकार्यका लागि सहयोग गर्न सरकारको आग्रह विपद्मा प्रभावितको उद्धार र राहतमा जुट्न नेसनल प्याब्सनको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्यमा कीर्तिमान, तोलामै एक हजार तीन सयले बढ्यो



अ+ अ-

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । हिन्दु नारीहरुको महत्त्वपूर्ण पर्व हरितालिका तीजको रमझम चलिरहेको बेला सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, सुनको मूल्य प्रति तोला रु एक हजार तीन सयले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक लाख ५२ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य आजका लागि रु एक लाख ५३ हजार तीन सय निर्धारण भएको छ ।

चाँदीको मूल्य तोलामा रु ३० ले वृद्धि भएको छ । विहीबार तोलामा रु एक हजार सात सय ६५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु एक हजार सात सय ९५ निर्धारण भएको छ ।