१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास

पहिरोले विभिन्न स्थानका सडक अवरुद्ध

पहिरोले विभिन्न स्थानका सडक अवरुद्ध
अ अ+ अ-

तुलसीपुर । अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् । यसैक्रममा तुलसीपुर–कपुरकोट सडक अवरुद्ध राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यानखण्ड अवरुद्ध भएको छ । बिहीबार साँझदेखि परेको वर्षात्ले तुलसीपुर–कपुरकोट सडक अवरुद्ध भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार  तुलसीपुर–३ राम्रीमा आएको पहिरोले सडक अवरुद्ध भएको हो ।  अहिले पहिरो पन्छाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

गलेश्वर (म्याग्दी)– अविरल वर्षाका कारण पहिरो खस्दा म्याग्दीको सदरमुकाम बेनीदेखि पश्चिम म्याग्दीका तीन  गाउँपालिका र बागुलङका विभिन्न गाउँ जोड्ने बेनी–दरबाङ सडक आज बिहानैदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ ।

मङ्गला गाउँपालिका–२ र बेनी नगरपालिका–४ को सीमानामा पर्ने फापरखेतको घुमाउने भिरमा पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । त्यसैगरी फापर खेतको घुमाउने भिरमा पहिरो जाँदा पैदल हिँडेर सिमलचौर निस्कन प्रयोग गरिने मङ्गला–३ पखेरमा पनि पहिरो जाँदा स्थानीय लक्ष्मी खड्काका दुई वटा घर पुरिएका छन् भने वैकल्पिक बाटो पनि अवरुद्ध भएको पखेरबाट स्थानीयवासी नरबहादुर थापामगरले जानकारी दिनुभएको छ ।

पहिरोले दुई घरमा क्षति पु¥याए पनि बिहीबार लक्ष्मी र उहाँका छोरा अरुको घरमा पाहुना गएकाले कुनै मानवीय क्षति हुन नपाएको थापामगरले जानकारी दिनुभयो । अहिले तातोपानी चौकीबाट पुगेको प्रहरीको टोली र स्थानीयवासीले पहिरो पन्छाएर घरका सामान सुरक्षित ठाउँमा सार्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो । पानी पर्नेक्रम नरोकिएकाले अझै पनि पहिरो झरिरहेको उहाँले बताउनुभयो ।

सडक अवरुद्ध भएपछि यात्रुहरु र सिमलचौर, सिमलगायतका ठाउँबाट तातोपानी अध्ययनका लागि आउने विद्यार्थी र पश्चिम म्याग्दीका विभिन्न ठाउँमा जाने यात्रुलाई समस्या हुने गरेको छ । “बेनी–दरबाङ सडक पाखो र भिरकाबीचमा खनिएको छ । सडकमुनि म्याग्दी नदी छ । सडकमाथिको भिरमा गेगरैगेगर छ । खोल्सामा पर्ने सडकमाथितर्फ पर्खाल बनाएर पहिरो रोक्ने प्रयास सफल भएको छैन”, बेनी नगरपालिका–४ का वडाध्यक्ष भगवान् खड्काले बताउनुभयो ।

कालीगण्डकी करिडोर अवरुद्ध
मध्यविन्दु (नवलपरासी)– कालीगण्डकी करिडोरअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)खण्ड अवरुद्ध भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गत नवलपुर खण्डको तीन ठाउँमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार कालीगण्डकी करिडोरअन्तर्गत बौदीकाली गाउँपालिका–३ स्थित जन्ती पहिरो, बुलिङटार गाउँपालिका–१ मते डाँडा र गैँडाकोट नगरपालिका–३ हिउँदे खोलमा लेदो माटोसहितको पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध बनेको हो ।

अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको उहाँले बताउनुभयो । कालीगण्डकी करिडोर अवरुद्ध भएसँगै नारायणगढ–गैँडाकोट हुँदै जिल्लाको पहाडी क्षेत्र साथै पाल्पा, स्याङ्जाका लागि छुट्ने सवारी सञ्चालनमा आउन सकेका छैनन् ।

गोरखा–अविरल वर्षापछि गएको पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध भएको छ । उक्त सडकखण्डअन्तर्गत गोरखा नगरपालिका–१३ मझुवास्थित सात किलो भन्ने ठाउँमा पहिरो खसेकोे जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पहिरो पन्छाउनका लागि ‘जेसिवी’ परिचालन भइसकेको उहाँले बताउनुभयो । सोही सडकखण्डअन्तर्गत गोरखा–८ स्थित सल्यान धारा नजिकै पनि पहिरोले सडक अवरुद्ध भएको गोरखा नगरपालिकाका वातावरण तथा विपत् व्यवस्थापन शाखाका प्रमुख ध्रुव घिमिरेले जानकारी दिनुभयो ।

“त्यसबाहेक ठाउँठाउँमा स–साना पहिरा गएका छन्”, उहाँले भन्नुभयो, “सल्यान धारा नजिकैको पहिरो एकतर्फी खुले पनि दुईतर्फी खुलाउने प्रयास भइरहेको छ ।” सडक अवरुद्ध हुँदा गोरखा सदरमुकामबाट सङ्घीय राजधानी काठमाडौँसहित पोखरा, चितवनलगायत स्थानबाट आउनेजाने सवारीसाधन रोकिएका छन् । रासस