८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली–देउवाले ‘फटाहा, बदमास र गुण्डा’ भनेर युवाहरुको चरित्रहत्या गरेः सुन्दरमणि दीक्षित



अ+ अ-

काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादु देउवाले युवाहरुको चरित्रहत्या गरेको आरोप लगाएका छन् ।

आज (बुधबार)रिपोर्टर्स क्लब नेपालमा आयोजित विशेष साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०४६ र ०६२/०६३ को आन्दोलनमा ‘वीरे चोर देश छोड्’ र ‘ज्ञाने चोर देश छोड्’ भनेर नारा लगाउन सिकाउने ओली, देउवाले तिनै युवाहरुलाई फटाहा, बदमास र गुण्डा भनेर अपमान गरेको उनले बताए ।

उनले आफू २०३६ सालदेखि ०४६ र ०६२/०६३ को आन्दोलनमा पनि नागरिक समाजको तर्फबाट सहयोग पुर्याएको बताउँदै सोचेजस्तो परिवर्तन आउन नसकेको सुनाए । आज मुलुक चरम अन्धकारमा फसेको उनको टिप्पणी छ ।

‘डेमोक्रेशीमा बोल्न पाइन्छ, प्रधानमन्त्रीको विरोधमा पनि बोल्न पाइन्छ । नत्रभने बोल्न नपाइने र संविधानले बोल्न दिन मान्दैन भनेदेखि मलाई बताउनुस्, केपी ओली ०४६ सालमा सडकमा उत्रिँदा म पनि सडकमा छु, त्यो सडकको नाराबाजीमा ‘वीरे चोर देश छोड्’ कसले भनेको ? त्यो नारा नागरिक समाजको होईन, ‘वीरे चोर देश छोड्’ भन्न पाइन्थ्यो ? ०६२/०६३ मा ‘ज्ञाने चोर देश छोड्’ कसले भनेको ? त्यही युवाहरुले भनेका हुन् । त्यही भनेर ती युवाहरुले तपाईँहरुलाई राज्यमा पुर्याएको छ । आज तिनै युवाहरुले हुटिङ गर्दा पक्राउ गर्ने, समाउने, डण्डा चलाउने ? यो हो डेमोक्रेशी ?’ प्रश्न गर्दै उनले भने, ‘देउवा र ओलीले बरु युवाहरुको चरित्र हत्या गरेका छन् । फटाहा, बदमास, गुण्डा के–के भने के–के ? त्यो भन्न पाइन्छ ? जनतालाई हेप्ने हो ? युवाहरुलाई हेप्ने हो ?’

साथै, उनले ओलीलाई प्रधानमन्त्रीको हैसियतमा बस्न सुझाव दिए । प्रधानमन्त्री ओलीले खुल्ला मञ्चमा आफ्नो हैसियतभन्दा तल ओर्लिएर व्यवहार गरेको उनको आरोप छ । डा. दीक्षितले प्रदेश संरचनालाई दलहरुले दुहुनो गाई बनाएको उनको टिप्पणी छ ।

खाडीबाट युवाहरुले पठाएको रेमिट्यान्स प्रदेशका मन्त्री र मुख्यमन्त्रीको सेवा सुविधामा खर्च गर्न नहुने उनको तर्क छ । अब प्रत्यक्ष निर्वाचित कार्यकारी र प्रदेश खारेजीको पक्षमा वकालत गर्न आवश्यक रहेको उनको भनाइ छ ।

साथै, डा. दीक्षितले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विजुलीको बक्यौता उठाउन खोज्दा सबैजना उनीमाथि जाइलागेको बताए । प्रधानमन्त्रीले कुनै एउटा संस्थाको प्रमुखसँग जोरी खोज्न नहुने उनको भनाइ छ ।

‘एउटा तामाङको छोरो बल्लबल्ल उठेको छ । प्रधानमन्त्रीले कर्पोरेशनको चिफसँग जोरी खोज्ने हो ? प्रधानमन्त्रीले मेयरसँग जोरी खोज्ने हो ? प्रधानमन्त्रीको स्तर मेयरको विरुद्धमा लाग्ने हो ?’ उनले प्रश्न गरे ।

माथिल्लो ओहदामा बसेर तलकासँग जोरी खोज्न नहुने उनले बताए । माथिल्लो ओहदामा बसेकाहरुले तल्लो ओहदामा रहेकाहरुसँग जोरी खोज्दा मान्छेहरुले ठटाउने उनको चेतावनी छ ।

युवाहरुलाई हेपेर, डण्डा चलाएर मुलुक अगाडि बढ्न नसक्ने उनको भनाइ छ ।