३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरस भारतबाटै विश्वभर फैलिएको चिनियाँ वैज्ञानिकको दाबी



अ+ अ-

काठमाडौं । विश्वभर माहामारीका रुपमा फैलिएको कोरोना भाईरस पहिलोपटक भारतमा देखिएको चिनियाँ वैज्ञानिकको समूहले दाबी गरेका छन्। भारतीय सञ्चारमाध्यम नव भारत टाइम्सका अनुसार चिनियाँ एकेडेमी अफ साइन्सका वैज्ञानिकहरूको समूहले भारतबाट गर्मी मौसममा २०१९ मा फैलिएको दाबी गरेका हुन् ।  

चिनियाँ वैज्ञानिकहरूका अनुसार कोरोना भाइरस जनावर र फोहोर पानीबाट मानिसमा पुगेको र भारत हुँदै चीनको वुहान पुग्दा कोरोना भाइरसको पहिचान भएको बताएका छन् । 

चिनियाँ वैज्ञानिकहरूले भनेक छन्,'खराब स्वास्थ्य प्रणाली र युवाहरूको कारण कोरोना भाइरस सम्पर्क नआएका मानिसमा यो रोग सरेको थियो।' अहिले दोस्रो मुलुकका वैज्ञानिकले चिनियाँ वैज्ञानिकले गरेका दाबी गलत भएको बताएका छन्। 

विश्व स्वास्थ्य संगठनले चीनमा कोरोना भाइरसको स्रोत पत्ता लगाउने काम गरिरहेको छ। यसको लागि संगठनले परीक्षण,खोज तथा अनुसन्धानको लागि आफ्नो प्रतिनिधिहरू पठाएको छ।

कोरोना भाइरसको पहिलो संक्रमण गत वर्षको डिसेम्बरमा वुहान प्रान्तमा फेला परेको थियो।