५ श्रावण २०८३, मंगलवार
,
Latest
उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनको पोल्टाभामा रूसी क्षेप्यास्त्र प्रहारबाट कम्तीमा ४९ को मृत्यु



अ+ अ-

रसियाले युक्रेनको पोल्टाभामा एक सैनिक शिक्षालयमा गरेको क्षेप्यास्त्र प्रहारबाट कम्तीमा ४९ जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय संचार माध्यमहरुका अनुसार शक्तिशाली क्षेप्यास्त्र प्रहारका कारण २०० भन्दा बढी घाइते भएका युक्रेनको रक्षा मन्त्रालयले जनाएको छ । खोज तथा उद्धार कार्य जारी रहेको छ ।

स्रोतका अनुसार अझै १८ भन्दा बढी व्यक्ति हराइरहेका छन् ।

सैनिक निवास समेत वरपरका कम्तीमा १० वटा घरमा क्षति पुगेको छ । रसियाको कब्जामा रहेको क्राइमिया क्षेत्रबाट पोल्टाभामा क्षेप्यास्त्र प्रहार भएको अनुमान गरिएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रसियाली क्षेप्यास्त्र आक्रमणलाई निस्तेज बनाउन भरपर्दा र शक्तिशाली हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन अमेरिका र नेटो सदस्य राष्ट्रहरु समक्ष निरन्तर आवाज उठाइ रहेका छन् ।

अर्कातर्फ राष्ट्रपति जेलेन्स्कीले रसियाली भूमिमा क्षेप्यास्त्रबाट मार हान्ने अनुमतिका लागि पश्चिमा मुलुकसँग आग्रह समेत गरेका छन् । उनीहरुले यस्तो अनुमति नदिए पनि युक्रेनले रसियाको राजधानी मस्कोसम्म ड्रोन आक्रमण गर्न थालेको छ जसले रसियालाई थप आक्रामक हुन उक्साएको अनुमान गरिएको छ । एजेन्सी