२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डलाई नोबेल शान्ति पुरस्कार दिन सांसद मोदीको माग



अ+ अ-

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई नोबेल शान्ति पुरस्कार दिन माग गर्नुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद मोदीले अध्यक्ष दाहालले शान्तिको लागि अथक प्रयास गरेको भन्दै नोबेल शान्ति पुरस्कार दिन माग गर्नुभएको हो । उहाँले प्रचण्डले समावेशि, समानुपातिक, गणतन्त्रको पक्षमा लडेको भन्दै पाएका सबै परिवर्तनहरुको जनकको रुपमा प्रचण्डलाई लिनुपर्ने बताउनु भयो । उहाँले ०४८ सालदेखिका सबै भ्रष्टाचारको फाइल खोल्न सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘जनयुद्ध लडेका पार्टीका कमाण्डर प्रचण्ड, जनताको लोकतन्त्रको पक्षमा, नागरिकको पक्षमा, समावेशि, समानुपातिक, गणतन्त्रको पक्षमा लड्नुभयो तसर्थ त्यतिखेर एउटा आन्दोलनको नेतृत्व भएको कारणले रामजस्तै यि सबैको जनक भनिनु पर्छ । शान्तिको लागि अथक प्रयास गर्नुभएको कारणले उहाँलाई नोबेल पुरस्कारको प्रश्ताव गर्नुपर्छ । र नोबेल पुरस्कार पनि दिनुपर्छ भन्ने माग राख्न चाहन्छु ।’

मोदीले जनयुद्धलाई हिंसा भन्नेभए नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहले कीर्तिपुर कब्जा गर्दा भएको हत्यालाई के भन्ने भनेर प्रश्न गर्नुभयो ।