१३ भाद्र २०८३, शनिबार
,
Latest
त्रिशूली–३ ‘ए’ आयोजनाको टनेलमा फसेकाको उद्धार प्रयास तीव्र, ८२ जनाको संयुक्त टोली परिचालन काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रकाश तामाङले भेटे प्रधानमन्त्री ओलीलाई, पाए आश्वासन



अ+ अ-

काठमाडौं । ३५ वर्षदेखि हराएका प्रकाश तामाङले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । ओलीलाई भेट्ने तामाङ काठमाडौं आएका थिए ।

नागरिकता प्राप्त गरे लगत्तै प्रकाश प्रधानमन्त्री ओलीलाई भेट्न काठमाडौँ आएका हुन् । करिब १० वर्षको उमेरमा काठमाडौंको जोरपाटीबाट हराएका तामाङले आइतबार नागरिकता पाएका थिए ।

भोजपुरको षडानन्द नगरपालिका–१० का तामाङ गोरखाको चुमभ्यालीमा पुगेर कयौं वर्षदेखि त्यहीँ बसेका थिए । प्रकाशको बुवा–आमासँग नाता कायम र जन्मदर्ताको कागज बनाएर नागरिकता दिलाइएको छ ।

गत बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङलाई तत्काल नागरिकता दिने व्यवस्था मिलाउन गृह सचिवलाई निर्देशन दिएका थिए ।

‘हेर्ने कथा’को ‘हराएका वर्षहरू’ नामक एपिसोड सार्वजनिक भएसँगै प्रकाश चर्चामा आएका थिए ।

प्रकाश तामाङले भेटेपछि साँझ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् नागरिकता बनेपछि उहाँलाई अरु कुरामा पनि सहज हुने बताएका छन् ।

प्रधानमन्त्री ओलीले भनेका छन्–
प्रकाश तामाङ नागरिकता बनाएर आज साँझ भेट्न आउनु भयो । नागरिकता बनेपछि उहाँलाई अरु कुरामा पनि सहज हुन्छ। खुसी लाग्यो।
शुभ रात्रि !