८ पुष २०८२, मंगलवार
,
Latest
राजनीतिक दल निर्वाचनमा जान प्रतिबद्ध छन्, सरकार चुनाव गर्न तयार छ : सरकार कराते च्याम्पियनमा भाग लिन नेपाली टोली भारत जाँदै फागुन २१ को निर्वाचन सम्पन्न गर्न प्रमुख राजनीतिक दलहरूबीच सहमति टी–२० अन्तर्राष्ट्रियमा पहिलो पटक एक ओभरमा ५ विकेट लिएर कीर्तिमान काँग्रेस सांसद मिश्रको प्रश्नः संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ ? आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदनः जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जासम्म व्यापक सुधारको सिफारिस अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग पोर्चुगल र रोमानिया पठाइदिने भन्दै ठगी गर्ने पक्राउ शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

थारु समुदायले मनाए रैब पर्व



अ+ अ-

गाइघाट, (उदयपुर) । यहाँको त्रियुगा नगरपालिका आसपास बसोबास गर्ने थारु समुदायले खेतमा धान रोपाइँ सकेर भदौको आइतबार मनाइने रैब पर्व मनाएका छन् ।

सदाझैँ बगाहा, मोतीगडा, देउरी, जोगिदह, खैजनपुर, मोथ्याईसहित चौदण्डी गढी नगरपालिकाको हडिया, सुन्दरपुर, बेलही क्षेत्रका थारु समुदायले रैब पर्व मनाएका हुन् ।

थारु कल्याणकारी समिति उदयपुरका अध्यक्ष डुल्लीराम चौधरीका अनुसार रैब पर्व प्रत्येक वर्षको भदौ महिनाको पहिलो आइतबारदेखि अन्तिम आइतबारसम्ममा थारु समुदाय बसोबास गरेको टोल–टोल मनाइने गरिन्छ ।

यस पर्वमा भदौ महिनाको कुनै एक आइतबार गाउँघरका थारु दाजुभाईहरुले बिहान र बेलुकी नुन नखाने र दही, च्युरा, जेरी तथा फलफूल खाएर बस्ने प्रचलन रहेको उहाँले बताउनुभयो । बिहानै खोलामा गएर स्नान गर्ने र सूर्य देवसहित घरको मूलीले घरको कूल पित्रको पूजा गर्ने प्रचलन रहेको त्रियुगा नगरपालिका–३ मोतिगडाका दानीप्रसाद चौधरीले जानकारी दिनुभयो ।

चौधरीका अनुसार असार साउन महिनाभर धान रोपाइँलगायतमा किट, पतङ्गजस्ता निर्दोष प्राणी अन्जानमा मर्ने गरेको कारण उनीहरुको आत्माको शान्तिको कामना गर्दै भदौको एक आइतबार बिहान बेलुकी नुन नखाई सूर्य देवको पूजा आराधना गर्ने र कूल देवताको शरण पर्ने पुरानै चलन हो ।

रोपाइँको समयमा काम गर्दा मरेका निर्दोष किट, पतङ्गको सम्झना गर्दै पाप नलागोस् भनेर बिहान बेलुकी नुन नखाई फलफूल, दही, चिउरा खाएर आइतबार बस्ने प्रचलननै रैब पर्व रहेको गाईघाटका थारु, समुदायका अगुवा देबीलाल चौधरी बताउनुहुन्छ ।

बाजे, पुर्खाको पालादेखि धान रोपाइँ सकेपछि भदौको कुनै एक आइतबारे रैब पुजा गर्ने प्रचलन सुरु भएको कारण अझै वर्सेनी भदौको एक आइतबार रैब पर्व मनाउने गरेको त्रियुगा क्षेत्रका थारु समुदायका अगुवाहरु बताउँछन् । रासस