२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद पौडेलको प्रश्न: विद्युत प्राधिकरणलाई टोकेर के गर्न खोज्नुभएको हो



अ+ अ-

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले नेपाल विद्युत प्राधिकरणले राम्रो काम गरेको भन्दै यसमाथि पूर्वाग्रही नहुन सरकारलाई आग्रह गर्नुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पौडेलले विद्युत प्राधिकरणले लोडसेडिङको अन्त्य गर्दै दैनिक १३ करोड ११ लाख रुपैयाँको विद्युत निर्यात गर्न सफल भएको बताउनुभएको हो । उहाँले प्राधिकरणले राम्रो काम गर्दागर्दै वर्तमान सरकारले निरन्तर टोकेको भन्दै के गर्न खोज्नुभएको हो रु भनि प्रश्न गर्नुभयो । उहाँले नेपाल एयरलाइन्सको चारवटा जहाज ग्राउण्डेड भएको भन्दै त्यतातिर ध्यान दिन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘अहिलेको डाटा हेर्नुभयो भने विद्युत प्राधिकरणले दैनिक १३ करोड ११ लाखको विद्युत निर्यात गरेको छ । लोडसेडिङ अन्त्यको घोषणा गरेको छ । कुनै दूरदराजमा पुग्न बाँकी रहेको होला । यसैमाथि आजपनि टोकेको छ । भोलि पनि टोकेको छ । पर्सि पनि टोकेको छ । के गर्न खोज्नुभएको हो रु म भन्न चाहन्छु, ध्यान नेपाल वायुसेवा निगमतिर जाओस् । चारवटा जहाज ग्राउण्डेड भइसकेका छन् । ८ हजार ८०० यात्रुहरु अलपत्र परेका छन् । यतातिर सरकारलाई ध्यानाकर्षण गराउनु होला । दुरसञ्चार, रेडियो नेपाल, नेपाल टेलिभिजन, आयल निगम, त्रिभुवन विश्वविद्यालयका अस्तिका झमेलाहरु सुधार्नका निम्ति प्रधानमन्त्रीलाई सुझाव दिनुस् । एउटा संस्थाले राम्रो काम गर्‍यो भने त्यसैमाथि फर्किएको छ । कुराकानी गरेको छ । के गर्न खोज्नुभएको ? केही नगरिकन बक्यौता उठाउनको निम्ति अनुरोध गर्न चाहन्छु ।’

सांसद पौडेलले दूरसञ्चार, रेडियो नेपाल, नेपाल टेलिभिजन, आयल निगम, त्रिभूवन विश्वविद्यालयको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।