९ भाद्र २०८३, मंगलवार
,
Latest
हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुइँकाफलको व्यावसायिक खेती गर्दै पाल्पावासी



अ+ अ-

पाल्पा । पाल्पामा नौलो फलका रूपमा परिचित भुइँकाफलको व्यावसायिक खेती गर्न थालिएको छ । पहाडी जिल्लाको पाल्पामा पहिलोपटक भुइँकाफल वा स्ट्रबेरी खेती गर्न थालिएको हो । कृषि ज्ञान केन्द्र पाल्पाको रु चार लाख २५ हजार बजेटबाट जिल्लाको माथागढीको ओलेसमा, रिब्दीकोट गाउँपालिकाको भैरवस्थानमा र रम्भा गाउँपालिकाको हुँमीनमा भुइँकाफल खेती व्यावसायिकरूपमा थालनी भएको कार्यालय प्रमुख शिवप्रसाद अर्यालले बताउनुभयो ।

यस खेतीमा रिब्दीकोटको भैरवस्थानमा अम्बिका गौतम, सरिता खनाल, पवित्र खाम्चा र पार्वती थापा आकर्षित छन् । रम्भाको हुँमीनमा सामूहिकरूपमा चार जनाले एक रोपनी जमिनमा एक हजार ५०० स्ट्रबेरी लगाएका छन् । ज्ञान केन्द्रले नौ हजार बिरुवा, मल, सिँचाइका लागि चाहिने सामान, प्लाष्टिक, मल्चिङ प्रविधि र भिटामिनसमेत सामान किसानलाई अनुदानमा उपलब्ध गराएको प्रमुख अर्यालले बताउनुभयो । भैरवस्थानकी अम्बिकाले पहिलोपटक नयाँ फलको व्यवसाय गर्न पाएकामा खुशी लागेको बताउनुभयो । भैरवस्थान धार्मिक पर्यटकीयस्थल पनि हो । यस खेतीबाट प्रशस्त आम्दानी हुने आशा पनि गौतमको छ ।

यो फलको नेपालमा १० वर्ष अघिदेखि खेती हुँदै आएको थियो । स्ट्रबेरी फल खानाले पिसाबसम्बन्धी रोगलाई निको पार्न सहयोग गर्छ । पछिल्ला वर्ष यो फलको सेवन र खेतीप्रति अकर्षण बढ्दो छ । जिल्लाका ग्रामीण क्षेत्रमा केही मात्रा भुइँकाफलको खेती गरिए पनि व्यावसायिकरूपमा खेतीको अभाव छ । पाल्पा, गुल्मी, अर्घाखाँची जिल्लामा नै भुइँकाफल स्थानीय बजारमा माग भए पनि देखिएको छैन । पाल्पामा पहिलोपटक उत्पादन गर्न लागिको हो । 
 




भर्खरै