४ भाद्र २०८३, बिहीबार
,
Latest
६६० किलो गाँजासहित दुई जना पक्राउ व्यक्तिले दिएको समर्थन दलको हुन सक्दैन : राप्रपा प्रवक्ता श्रेष्ठ नागरिक बचाउ महाअभियानका १२ बुँदे माग : ऋण मिनाहादेखि राजनीतिक मुद्दा खारेजीसम्म बनेपामा एकमहिने ‘गुँला’ पर्व मनाइँदै रास्वपाको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम आजदेखि आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल सुनचाँदीको मूल्य ह्वात्त बढ्यो कास्कीको अन्नपूर्ण गाउँपालिकाले विपद् प्रभावितलाई सहयोग गर्न अपिल, पुनःस्थापनाका लागि कोष सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवराज सिंह ‘दिल्ली क्यापिटल्स’को प्रशिक्षक बन्न सक्ने



अ+ अ-

एजेन्सी । भारतीय पूर्व स्टार अलराउन्डर युवराज सिंह ५ वर्षपछि इन्डियन प्रिमियर लिग (आईपीएल) मा फर्किने सम्भावना छ । तर, उनको भूमिका परिवर्तन हुनेछ । उनी दिल्ली क्यापिटल्सको प्रशिक्षक बन्न सक्ने बताइएको छ ।

स्पोर्ट्स स्टारले स्रोतलाई उद्धृत गर्दै दिल्ली फ्रेन्चाइजले युवराजलाई प्रशिक्षक बन्नको लागि सम्पर्क गरेको दाबी गरेको छ । अहिले वार्ता चलिरहेको छ । प्रशिक्षक पद छाडेका रहेका रिकी पोन्टिङले पनि यस्तो संकेत गरेका थिए ।

उनले भनेका थिए कि फ्रान्चाइजीले मुख्य प्रशिक्षकको भूमिकाका लागि पूर्व भारतीय क्रिकेटरको खोजी गरिरहेको छ ।

गत महिना युवराज गुजरात टाइटन्सको प्रशिक्षक बन्ने खबर आएको थियो । अस्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङले गत महिना दिल्ली क्यापिटल्सको मुख्य प्रशिक्षकको पद छाडेका थिए । उनी पछिल्लो ७ सिजन दिल्ली क्यापिटल्ससँग आवद्ध थिए । दिल्लीको टोली पछिल्लो तीन सिजन प्लेअफमा पुग्न सकेको छैन ।

युवराज सिंह दिल्लीको प्रशिक्षक बने भने यो उनको पहिलो प्रशिक्षकको जिम्मेवारी हुनेछ । उनले सन् २००८ देखि २०१९ सम्म आईपीएल खेलेका थिए । उनी २०१९ को अन्तिम सिजनमा मुम्बई इन्डियन्सको हिस्सा थिए । उनले आफ्नो १२ वर्ष लामो आईपीएल करियरमा पञ्जाब किंग्स, पुणे वारियर्स इण्डिया, दिल्ली क्यापिटल्स, रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदरावादको हिस्सा बनेका छन् ।