९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेशनल लाईफ इन्स्योरेन्सद्वारा लाभांश संशोधन, कति छ अब नगद लाभांस र बोनस शेयर ?



अ+ अ-

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी यसअघि घोषणा गरेको लाभांश संशोधन गरेको छ । बीमा समितिले कम्पनीले यसअघि प्रस्ताव गरेको लाभांश वित्तीय विवरण सम्बन्धि निर्देशिका अनुसार नभएको भन्दै पत्र पठाएपछि हिजो बुधबार अपरान्ह बसेको बैठकले संशोधन गरेको हो । 

कम्पनीले यसअघि आव २०७५/७६ को लागि हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश र २.५ प्रतिशत बोनस शेयर प्रस्ताव गरेकोमा संशोधन गर्दै अब १० प्रशित बोनस शेयर र ०.५३ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि) प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव सुरेशप्रसाद खत्रीले बताउनु भएको छ । 

कम्पनीको हाल कायम चुक्ता पूँजी ३ अर्ब ८ करोड २६ लाख २६ हजार ५ सय ४८ रुपियाँ छ । प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरे पछि वितरण गरिने कम्पनी सचिव खत्रीले बताउनु भयो ।