२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल राष्ट्र बैंक :कोरोना प्रभावित ऋणीले ६ महिनासम्म ब्याज नतिरे पनि धितो लिलामी नहुने



अ+ अ-

काठमाडौं । कोरोना प्रभावित ऋणीहरुले ६ महिनासम्म ब्याज तिर्न नसके पनि धितो लिलामी भने नहुने भएको छ । राष्ट्र बैंकले भने, ‘कोभिड–१९ को असर परेका ऋणीको ६ महिना भन्दा बढीको ब्याज बक्यौता नरहेको अवस्थामा धितो लिलामी जस्ता प्रक्रिया केही समयसम्मका लागि स्थगन गर्नु पर्ने व्यवस्था गरिनेछ ।’

राष्ट्र बैंकले मौद्रिक नीतिमा भने अनुसार कोरोनाका कारण धितो लिलामी हुने अवस्थामा पुगेका हजारौं ऋणीहरुले केहि समयका लागि राहत पाउनेछन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समिक्षा मार्फत कोरोना प्रभावित ऋणीहरुले ६ महिनासम्म ऋणको ब्याज तिर्न नसकेको अवस्थामा केहि समयका लागि धितो लिलामी जस्ता प्रक्रिया स्थगन गर्नुपर्ने व्यवस्था गरेको हो ।