२४ असार २०८३, बुधबार
,
Latest
चक्कु प्रहारबाट रौतहटमा एकको मृत्यु नार्कको वर्तमान कार्यशैलीले संस्थालाई सही दिशामा लैजान सक्दैनः मन्त्री चौधरी आज दिउँसो ३:३० बजे मन्त्रिपरिषद् बैठक बस्दै खानेपानी क्षेत्रमा नीतिगत सुधार सुरु, २ वर्षभित्र काठमाडौंमा बाह्रै महिना मेलम्चीको पानी वितरण गर्ने लक्ष्य सभामुखलाई सांसद राईको प्रश्नः कान सुन्नुहुन्छ कि सुन्नुहुन्न ? जनकपुरका अतिक्रमित गुठी जग्गा हटाउन ९ सदस्यीय प्रतिवेदन कार्यान्यन समिति गठन महिला तथा सामाजिक सुरक्षा मन्त्रालयमा ह्वीलचेयर सेवा सुरु मुलुकभर स्वच्छ खानेपानी आपूर्ति गर्ने कार्ययोजना १५ दिनभित्र पेश गर्न संसदीय समितिको निर्देशन प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्तिले सीमा क्षेत्रका नागरिक सीमापारीको चर्को दबाब र मानसिक त्रास खेप्न बाध्य छन्ः… प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुकुल ढकाललाई साधारण सदस्यबाटै निस्कासनको तयारी, अरु एजेन्डा के ?



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्वमहामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निस्कासनको तयारी गरेको छ । पार्टी कार्यालय वनस्थलीमा आज सुरु हुने केन्द्रीय समिति बैठकले ढकाललाई निस्कासन गर्ने निर्णय गर्न लागेको हो ।

आजको बैठकबाट ढकालका विषयमा निर्णय हुने एक जना केन्द्रीय सदस्यले बताए । सम्भवत: उनलाई साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरिने छ ।

पार्टी हितविपरीतको गतिविधि गरेको भन्दै उनलाई महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाइएसँगै निरन्तर सभापति रवि लामिछानेका विरुद्ध कडा अभिव्यक्ति दिँदै आएका छन् । उनीसँग पार्टीले दुई पटक स्पष्टीकरण समेत सोधिसकेको छ ।

असार तेस्रो साता बसेको पार्टीको केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, पार्टी प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट समेत पदमुक्त गर्दै साधारण सदस्यमात्रै कायम गरेको थियो ।

केन्द्रीय अनुशासन आयोगको हदैसम्मको कारबाही गर्नुपर्ने सिफारिसलाई ध्यानमा राखी उनलाई पदमुक्त गर्ने निर्णय बैठकले गरेको त्यतिबेला कार्यबाहक प्रवक्ता मनिष झाले बताएका थिए ।

केन्द्रीय समितिको निर्णय चित्त नबुझे ढकालले ३५ दिनभित्र पुनरावेदन गर्ने मौका पाउने बताइएपनि उनले यो बीचमा पार्टीलाई चुनौती दिँदै गतिविधि गर्दै आइरहेका छन् । उनको गतिविधिले पार्टीलाई क्षति पुगिरहेकाले अब पार्टीको साधारण सदस्य समेत कायम गर्न सक्ने अवस्था नरहेको नेताहरूको भनाइ छ ।

केन्द्रीय समिति बैठकका एजेण्डा थप गरिएको छ । यसअघि बैठकका ७ एजेण्डा तय भएकोमा अहिले ३ वटा थपेर १० बनाइएको छ ।

रास्वपा केन्द्रीय समितिमा पेश हुने एजेन्डा के के हुन् त ?

१. समसामयिक राजनीति र पार्टी गतिविधि ।

२. राष्ट्रिय भेला ।

३. कर्णाली विशेष अभियान र सबै प्रदेशमा सभापति समेतको कार्यक्रम ।

४. संगठन निर्माण सम्बन्धी कार्यविधि संशोधन ।

५. केन्द्र तथा सातै प्रदेशको बन्द कार्यशालाको प्रतिवेदन र उपलब्धि बारे छलफल ।

६. स्थानीय तह उपनिर्वाचन बारे ।

७. संविधान दिवसको कार्यक्रम बारे ।

८. भ्रष्टाचारको मुद्दाको हदम्याद, वर्तमान सरकारबाट भएको शिक्षामा राजनीतिकरणको निरन्तरताको प्रयास र भ्रष्ट एवं स्वार्थ बाझिनेलाई मन्त्री नियुक्ति गरिएको बारे छलफल ।

९. केन्द्रीय अनुशासन आयोगको सिफारिस सहितको प्रतिवेदन बारे ।

१०. विविध