१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

देशमा दुराचार व्याप्त छ, जनताले राजा खाजेको छन्ः काली बाबा

देशमा दुराचार व्याप्त छ, जनताले राजा खाजेको छन्ः काली बाबा
अ अ+ अ-

काठमाडौँ । गुरू बाबा कालीदाश स्वामी कृष्णानन्द परमहंश (काली बाबा)ले भ्रष्टाचार र दुराचारले नेपाल जर्जर भएको बताउनुभएको छ ।

मंगलवार भारत जानुअघि काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले यस्तो बताउनुभएको हो । उहाँले युवा,युवतीहरुले विदेशमा गएर श्रम बेचेर पठाएको पैसाले नेताहरुले अमेरिका, बेलायत, स्कटल्याण्डमा आफ्ना सन्तानलाई शिक्षा, दिक्षाका लागि पठाइरहेको भन्दै यो कस्तो नैतिकता हो ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले सबै नेपालीले यसबारेमा सोच्नुपर्ने बेला भएको बताउनु भयो । उहाँले नेपालमा अहिले अनैतिक, दुराचार, भ्रष्टाचार भइरहेको भन्दै नेपाली जनताले अब सहन नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘युवा युवतीहरु विदेशमा गएर श्रमीक बनिरहेका छन् । उनीहरुले कमाएको पैसाले नेताहरुले यहाँ आफ्ना सन्तानलाई स्कटल्याण्ड, लण्डन, अमेरिका, अस्टे«लिया जस्तो देशमा पठाएर शिक्षा लिने यो के नैतिकता हो । यो पनि जानकारी लिदिन नेपाली जनताले अवश्य सोच्नुपर्ने अवस्था भएको छ ।

पहिला एउटा मात्रै अभिभावक हुँदा जनताहरु एक फाँको सातु खाएर बस्थे । तर आज यो राष्ट्रमा यस्तो अनैतिक, दुराचार, भ्रष्टाचार भइरहेको छ । यो नेपाली जनताले सहन सकेका छैनन् । नेपाल राष्ट्र जर्जर भएको छ ।’

नेताहरुले नेपालाई हिन्दुराष्ट्र घोषणा नगरेसम्म नेपालमा आफूले अभियान सञ्चालन गरिरहने बताउनु भयो ।

उहाँले आफूले नेपालका विभिन्न स्थानमा भ्रमण गर्ने क्रममा नेपाली जनताले राजा ल्याइदिन आफूसँग आग्रह गरेको पनि बताउनु भयो ।