२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ

भारतमा १३६ दिनपछि सक्रिय सङ्क्रमित अहिले सवैभन्दा कम, ९० लाख धेरैले जिते संक्रमण

भारतमा १३६ दिनपछि सक्रिय सङ्क्रमित अहिले सवैभन्दा कम, ९० लाख धेरैले जिते संक्रमण
अ अ+ अ-

नयाँ दिल्ली । भारतका कोरोना भाइरसबाट सङ्क्रमित भएर सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या अहिले अत्यन्त कम हुदै गएको छ । 
पछिल्लो १३६ दिनपछि शनिबार सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या सवैभन्दा कम भएको अधिकारीहरुले जनाएका छन् । 

भारतमा शनिबार चार लाख नौ हजार ६८९ जना सङ्क्रमित अवस्थामा रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो सङ्ख्या पछिल्लो १३६ दिनपछिकै सवैभन्दा कम भएको पनि मन्त्रालयको भनाई छ ।

“सक्रिय सङ्क्रमितहरुको सङ्ख्या यो १३६ पछिको सवैभन्दा कम हो, सन् २०२० को जुलाई २२ अघि यो भन्दा कम थियो, त्यसपछि बढ्दै बढ्दै गएको थियो,” मन्त्रालयले भनेको छ । 
मन्त्रालयले पछिल्लो समयमा दिनप्रतिदिन सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै जाने क्रम चलिरहेको जनाएको छ । 

अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या कुल सङ्क्रमितको ४।२६ प्रतिशत मात्रे भएको मन्त्रालयको तथ्याङ्क छ । 

भारतमा पछिल्लो २४ घण्टामा ३६ हजार ६५२ जना नयाँ सङ्क्रमित थपिएका छन् । यो सङ्ख्या पनि अघिल्ला केही दिनदेखि घट्दै गइरहेको छ ।
 
त्यसैगरी पछिल्लो एक दिनमा कुल ४२ हजार ५३३ जना कोरोनाभाइरसको सङ्क्रमणबाट सङ्क्रमणमुक्त भएको विवरण छ ।  

दुवै तथ्याङ्क हेर्दा थपिएका सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै रहेकाले कोरोनाभाइरसको महामारी कम हुदै गएको देखिएको छ । 

सङ्क्रमणमुक्त भएकाहरुको अनुपात ९४।२८ रहेको पनि सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 

भारतमा अहिलेसम्म कुल ९० लाख ५८ हजार ८२२ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।