१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

दोस्रो संस्करणको नेपाल हस्पिटालिटी कन्क्लेभ सेप्टेम्बर २६ देखि

दोस्रो संस्करणको नेपाल हस्पिटालिटी कन्क्लेभ सेप्टेम्बर २६ देखि
अ अ+ अ-

काठमाडौँ । नेपाल हस्पिटालिटी कन्क्लेभको दोस्रो संस्करण सेप्टेम्बर २६ देखि काठमाडौंमा हुने भएको छ ।

होटल संघ नेपाल,बिन्स्टक एशिया नेपाल,वाटरकम स्ट्राटेजी र नेपाल ट्राभलसँगको सहकार्यमा दोस्रो संस्करण हस्पिटालिटी कन्क्लेभ हुन लागेको हो ।

आईतवार काठडौंमा पत्रकार सम्मेलन गर्दै होटल संघले यस्तो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष विनायक साहले नेपालमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दोस्रो संस्करणको नेपाल हस्पिटालिटी कन्क्लेभ गर्न लागिएको बताउनु भयो ।

उहाँले पर्यटन आतिथ्य क्षेत्रमा देखिएका सम्भावना र चुनौतीका विषयमा केन्द्रित भएर आयोजना गर्न लागेको बताउनु भयो ।

उहाँले विगतको तुलनामा पर्यटन आगमन वृद्धि भएपनि पर्यटन गतिविधिहरु बढ्न नसकेको बताउनु भयो । उहाँले अहिले नेपालमा आगमन भइरहेका पर्यटक एक तिहाई मात्रै रहेको भन्दै सरकारले नीति नियम परिमार्जन गरी कार्यान्वयन गर्नु जरुरी रहेको बताउनु भयो ।

उहाँले मुलुकमा पर्यटन आगमन वृद्धि भएको र होटल तथा पर्यटकीय पूर्वाधारहरु वृद्धि भएकाले पर्यटन व्यवसायी खुशी रहेको बताउनु भयो । उहाँले नेपालको पर्यटन पूर्वाधारले ३५ लाख पर्यटकलाई सेवा दिनसक्ने अवस्थामा रहेको बताउनु भयो ।

उहाँले नेपाल भारत र चीन जस्ता विकासित मुलुकहरुको बीचमा भएकाले पर्यटन पूर्वाधार बढाएर अहिलेको भन्दा दोब्बर पर्यटक ल्याउन सक्ने बताउनु भयो । उहाँले विश्वका ब्राण्ड होटलहरु आइरहे पनि नेपालमा दक्ष जनशक्तिको अभाव रहेको बताउनु भयो ।