५ श्रावण २०८३, मंगलवार
,
Latest
ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिकित्सकको बलात्कार पछि हत्या: सुरक्षाको माग गर्दै भारतभर विरोध प्रदर्शन



अ+ अ-

एजेन्सी । भारतको पश्चिम बङ्गालराज्यको कलकत्तामा गत अगष्ट ९ तारिखमा महिला सहकर्मीको हत्या र कथित यौन दुव्र्यवहारको विरोधमा विद्यार्थी र जुनियर चिकित्सकहरूले ‘आरजी कर मेडिकल कलेज एण्ड हस्पिटल’मा प्रदर्शन जारी राखेका छन् ।

चिकित्सकको यो आन्दोलनको प्रभाब देशका अन्य स्थानहरूमा पनि परेको छ । चिकित्सकहरूले तेलङ्गाना, तमिलनाडु, उत्तर प्रदेश र मुम्बईलगायतका देशका धेरै शहरहरूमा विरोध प्रदर्शन गरेका छन् । कलकत्ता उच्च न्यायालयको आदेशपछि यो मुद्दा राज्य प्रहरीबाट केन्द्रीय अनुसन्धान ब्यूरोमा स्थानान्तरण गरिएको छ ।

कलकत्ताको आरजी कर मेडिकल कलेजमा ड्युटीमा रहेका बेला एक स्नातकोत्तर प्रशिक्षार्थी चिकित्सकको बलात्कारपछि हत्या गरिएको विरोधमा विद्यार्थी तथा चिकित्सक आन्दोलित बनेका छन् भने चिकित्सा समुदायद्वारा देशव्यापी हडताल र विरोध प्रदर्शन गरिरहेका छन् ।

अगष्ट १४ मा आरजी कर मेडिकल कलेजमा रहेको अस्पताल परिसरमा प्रदर्शन गर्न जम्मा भएको भीडले तोडफोड गरेको थियो भने अस्पतालको सुरक्षालाई मध्यनजर गर्दै सुरक्षाकर्मी हवाइ फाएर र अश्रु ग्याससमेत प्रयोग गरी भीडलाई तितरबितर पारेका थिए।

कानून र व्यवस्था कायम राख्न, कलकत्ता प्रहरीले आरजी कार मेडिकल कलेज र अस्पतालको वरिपरि अगस्ट १८ देखि कार्यान्वयन हुनेगरी संविधानको धारा १६३ लागू गरेको छ ।

जारी विरोध प्रदर्शनबीच कलकत्ता प्रहरीले मेडिकल कलेज र अस्पतालको वरिपरि सात दिनको लागि भारतीय नागरिक सुरक्षा संहिता (सन् २०२३ पहिले सीआरपीसीको धारा १४४) को धारा १६३ लागू गरिएको जनाएको छ ।




भर्खरै