२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

जीपी कोइराला श्वासप्रश्वास केन्द्रलाई हजार सैयाको बनाउने राष्ट्रपति पौडेलको पहल



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको विशेष आग्रह र पहलमा दुई देशका प्रधानमन्त्रीबीच भएको समझदारी अनुसार भारत सरकारले तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रश्वास केन्द्रलाई चिकित्सा विज्ञान शिक्षण प्रतिष्ठानकारुपमा निर्माण गर्ने चासो देखाएको छ ।

भारत सरकारले उपचार सेवाका लागि हाल बनाउन लागेको तीन सय शैय्याको डीपीआर तयार भएकोमा सो अपुग भएकाले हजार सैयाकै बनाइदिन राष्ट्रपति पौडेलले आग्रह गरेपछि भारतीय पक्षले उक्त चरणको अस्पताल निर्माण भइसकेपछि हजार शैय्याको अस्पतालमा स्तरोन्नति गर्ने प्रतिवद्धता व्यक्त गरेको जनाइएको छ ।

राष्ट्रपति पौडेलसँग शुक्रबार भएको एक भेटमा नेपालका लागि भारतका राजदूत नविन श्रीवास्तवले सो प्रतिवद्धता व्यक्त गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

सहरी आवास तथा भवन निर्माण विभागले तीन सय शैयाको डीपीआर सम्बन्धी संरचना तयार गरी सो अनुसारको निर्माण कार्यलाई अघि बढाउने बारेमा पहल भएकोमा त्यसलाई हजार शैयाको बनाउनेबारेमा राष्ट्रपति पौडेलले विशेष चासो राख्दै आउनुभएको बताइएको छ ।

पूर्व प्रधानमन्त्री एवम नेपाली कांग्रेसका नेता स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृतिमा सो केन्द्र स्थापना भएको हो । सो केन्द्रलाई देशकै एक विशिष्ट अस्पतालका रुपमा तथा चिकित्सा शिक्षण प्रतिष्ठानका रुपमा विकास गरिने लक्ष्य समेत अघि बढाइएको छ ।