२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदीलाई नेपाल भ्रमणको निम्तो दिन परराष्ट्रमन्त्री राणा आइतबार भारत जाने



file photo
अ+ अ-

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका निम्तो दिन परराष्ट्र मन्त्री आरजु राणा आइतबार नयाँदिल्ली जाने भएकी छन् ।

परराष्ट्रमन्त्री राणाले भारतका प्रधानमन्त्री मोदीसँग भेट गरेरै भ्रमणको निम्तो दिने तयारी गरेकी छन् । तर अहिलेसम्म मोदीसँग भेट्ने कार्यक्रम भने तय भइसकेको छैन ।

परराष्ट्रमन्त्री राणाले भारतीय समकक्षी एस जयशंकरसँग भने भेट्ने निश्चित भएको छ । मोदीसँग भेट नभए जयशंकरमार्फत् नै निम्तो दिने तयारी छ ।

परराष्ट्र मन्त्री राणा बुधबार स्वदेश फर्कने छिन् । यद्यपी, परराष्ट्र मन्त्रालायबाट भारत भ्रमणको औपचारिक जानकारी भने सार्वजनिक भएको छैन । केही दिन अगाडि भारतीय विदेश सचिव विजय मिश्री नेपाल आएका थिए । उनकै सुझावअनुसार राणा भारत जान लागेको बताइएको छ ।