२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदीलाई नेपाल भ्रमणको निम्तो दिन परराष्ट्रमन्त्री राणा आइतबार भारत जाने



file photo
अ+ अ-

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका निम्तो दिन परराष्ट्र मन्त्री आरजु राणा आइतबार नयाँदिल्ली जाने भएकी छन् ।

परराष्ट्रमन्त्री राणाले भारतका प्रधानमन्त्री मोदीसँग भेट गरेरै भ्रमणको निम्तो दिने तयारी गरेकी छन् । तर अहिलेसम्म मोदीसँग भेट्ने कार्यक्रम भने तय भइसकेको छैन ।

परराष्ट्रमन्त्री राणाले भारतीय समकक्षी एस जयशंकरसँग भने भेट्ने निश्चित भएको छ । मोदीसँग भेट नभए जयशंकरमार्फत् नै निम्तो दिने तयारी छ ।

परराष्ट्र मन्त्री राणा बुधबार स्वदेश फर्कने छिन् । यद्यपी, परराष्ट्र मन्त्रालायबाट भारत भ्रमणको औपचारिक जानकारी भने सार्वजनिक भएको छैन । केही दिन अगाडि भारतीय विदेश सचिव विजय मिश्री नेपाल आएका थिए । उनकै सुझावअनुसार राणा भारत जान लागेको बताइएको छ ।