१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित

नीतिगत निर्णयको परिभाषा गर्दै स्पष्ट कानूनी व्यवस्था गर्नुपर्नेमा सांसदहरुको जोड

नीतिगत निर्णयको परिभाषा गर्दै स्पष्ट कानूनी व्यवस्था गर्नुपर्नेमा सांसदहरुको जोड
अ अ+ अ-

काठमाडौँ । सांसदहरुले मन्त्रिपरिषद्बाट गरिने नीतिगत निर्णयको सम्बन्धमा स्पष्ट परिभाषा उल्लेख गरेर कानूनी व्यवस्था गर्नुपर्ने बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदहरुले नीतिगत निर्णय भनेर मन्त्रिपरिषद्बाट निर्णय गरी भ्रष्टाचार हुने गरेको भन्दै यसप्रकारको निर्णयका बारेमा स्पष्ट कानूनी व्यवस्था हुनुपर्ने बताए । कुन निर्णय नीतिगत हो र कुन निर्णय नीतिगत होइन भनेर परिभाषित गर्नुपर्नेमा सांसदहरुको जोड छ । सरकारको कुनै तल्लो निकायले गर्नुपर्ने कामलाई पनि नीतिगत निर्णयको नाममा मन्त्रिपरिषद्सम्म ल्याउने प्रचलन बढेको भन्दै यसको लागि छुट्टै कानूनी व्यवस्था गर्नुपर्ने सांसदहरुको भनाई रहेको छ ।

बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले नीतिगत निर्णयको नाममा राजनीतिक नेतृत्वलाई छलछाम गर्ने हतियार हुने गरेको बताउनु भयो । उहाँले नीतिगत निर्णयको परिभाषा भित्र के पर्छ र के पर्दैन भनि स्पष्ट कानूनी व्यवस्था गर्नुपर्ने बताउनु भयो । उहाँले भ्रष्टाचारमा हदम्याद राख्नु नहुने पनि बताउनु भयो । त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धानले केही निजी क्षेत्रको पनि अनुसन्धान गर्ने व्यवस्था विधेयकमा राखिएको भन्दै अख्तियारले अहिलेकै कार्यक्षेत्रभित्र परिणाममुखि काम गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘कुन विषय नीतिगत हो ? कुन विषय नीतिगत होइन भन्ने कुराहरुको सन्दर्भमा हामीले एउटा छुट्टै कानून बनाएनौँ भने यसले दुईवटा कुरा गर्छ । एउटा, राजनीतिक नेतृत्व जसलाई छलछाम गर्नुपर्ने छ त्यसलाई यो सबभन्दा ठूलो बहाना हुन्छ । हतियार हुन्छ । हामीले अहिले पनि देखिरहेका छौँ । यस्ता कतिपय कुराहरु नीतिगत निर्णय भन्दै मन्त्रिपरिषद्मा लिएर जाने जुन अब त प्रदेशसम्मै सर्दै जान्छ । कतिपय सन्दर्भमा नीतिगत निर्णय गर्ने कुरा पनि अप्ठ्यारो छ । जसले गर्दा तल कार्यकारी जिम्मेवारी पाइरहेको अधिकारीहरुले काम गर्न नसकेको, पन्छाएको अवस्था रहन्छ । त्यसैले यो नीतिगत निर्णय हो । यो नीतिगत निर्णय होइन ।’

‘नीतिगत निर्णयको परिभाषाभित्र यो पर्छ भन्नका लागि स्पष्ट कानूनी व्यवस्था गर्नुपर्नेछ । सार्वजनिक संस्थाको परिभाषालाई बिस्तार गरेर मेडिकल कलेज, बैंक, वित्तीय संस्थाहरु थुप्रै यो परिभाषाभित्र राख्न किन चाहेको ? यि संस्थाहरुलाई नियमन गर्ने नियमनकारी निकायहरु छँदैछन् । त्यसलाई हामीले बलियो बनाउनुपर्छ । के यिनलाई अख्तियारको क्षेत्राधिकारभित्र ल्याइसके पछाडी भ्रष्टाचारका घटनाहरु कम हुन्छन् भन्नेमा अख्तियारको धारणा के हो ? अहिले आफुले जिम्मा लिएका काण्डहरु पाँच वर्षमा टुंग्याउन नसकिरहेको अवस्था छ, आफूले पाइरहेको जिम्मेवारीलाई राम्रोसँग टुङ्ग्याउनु पो उपयुक्त हुने हो कि ? नेपालमा सबैभन्दा राम्रोसँग मिलिजुली गर्ने काम भनेको भ्रष्टाचार भएको हुनाले हदम्याद राखेर जानुहुन्न ।’

त्यस्तै बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद हृदयराम थानीले भ्रष्टाचारको मुद्दामा हदम्याद खुल्ला राख्नुपर्ने बताउनु भयो । उहाँले अख्तियारले निजी क्षेत्रमा हात हाल्नु नहुने धारणा राख्दै सबै ठाउँमा अख्तियारले हात हाल्दा प्रभावकारी काम गर्न नसक्ने बताउनु भयो । उहाँले विभागको निर्देशकले गर्न सक्ने काम पनि नीतिगत निर्णयको नाममा मन्त्रिपरिषद्मा आउने गरेको भन्दै नीतिगत निर्णयको सम्बन्धमा पनि प्रष्ट हुनुपर्ने बताउनु भयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्कीले भ्रष्टाचारीलाई हदम्याद राखेर उन्मुक्ति दिनु नहुने बताउनु भयो । उहाँले देशमा भ्रष्टाचार संस्थागत भइसकेको भन्दै भ्रष्टाचारको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

जनता समाजवादी पार्टी नेपालका सांसद प्रकाश अधिकारीले भ्रष्टाचारमैत्री कानून बनाउनु नहुने बताउनु भयो । उहाँले कुनैपनि कोणबाट भ्रष्टाचार हुने छिद्रहरु दिनु नहुनेमा सचेत गराउनुभयो । नीतिगत भ्रष्टाचारलाई रोक्नुपर्ने भन्दै नीतिगत निर्णयको सम्बन्धमा स्पष्ट परिभाषा हुनुपर्ने बताउनु भयो ।

नेकपा(एमाले)का सांसद लिलानाथ श्रेष्ठले देशमा नयाँ नयाँ रुपमा भ्रष्टाचार हुने गरेको भन्दै त्यही रुपमा अनुसन्धान हुनुपर्ने बताउनु भयो । उहाँले दोहोरो अर्थ नलाग्ने गरी कानून बनाउनुपर्ने बताउनु भयो । कुन निकायले के हेर्ने भन्ने स्पष्ट रुपमा कानुनमा उल्लेख हुनुपर्ने उहाँको भनाई छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले नीतिगत निर्णयको अनुसन्धान अख्तियारले गर्न पाउनुपर्ने बताउनु भयो । उहाँले राप्रपाको आधिकारिक निर्णय पनि यहीँ भएको जानकारी दिनुभयो ।

नेकपा(माओवादी केन्द्र)की सांसद दुर्गा राईले भ्रष्टाचारको मुद्दामा हदम्याद राख्नु नहुने बताउनु भयो । उहाँले भ्रष्टाचारीलाई आजीवन कैद गर्नुपर्ने धारणा राख्नुभयो ।

नेपाली काँग्रेसकी सांसद सरिता प्रसाईंले नीतिगत भ्रष्टाचारको सम्बन्धमा स्पष्ट परिभाषा गर्नुपर्ने बताउनु भयो । उहाँले भ्रष्टाचारमा हदम्याद राख्नु नहुने बताउनु भयो । अख्तियारले निजी क्षेत्र हेर्नु नहुने उहाँको धारणा छ ।

जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले भ्रष्टाचारको मुद्दामा प्रकृति हेरेर हदम्याद राख्न सकिने धारणा राख्नुभयो । उहाँले ५ हजारदेखि ९० लाख रुपैयाँसम्मको हदम्याद राख्न सकिने भन्दै त्यसभन्दा माथिको रकमको हदम्याद राख्नु नहुने बताउनु भयो । उहाँले नीतिगत भ्रष्टाचारको सम्बन्धमा पनि स्पष्ट कानून आउनुपर्ने बताउनु भयो ।

नेकपा(एकीकृत समाजवादी)का सांसद राजेन्द्रकुमार पाण्डेले अख्तियार दुरुपयोग अनुसन्धान आयोग अनुसन्धान गर्ने उत्कृष्ट संस्था बन्नुपर्ने बताउनु भयो । उहाँले अख्तियारमा कर्मचारीको छोटो अवधिमा सरुवा गर्ने तथा अनुभव नभएका कर्मचारीलाई नराख्ने गर्नुपर्ने बताउनु भयो । उहाँले अख्तियार प्रविधिमैत्री बनाउनुपर्नेमा पनि जोड दिनुभयो ।

सांसद पाण्डेले स्थानीय तहमा धेरै भ्रष्टाचार भइरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताउनु भयो ।