१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित

कुवापानीको पहिरोले आदिबराह पुरियो

कुवापानीको पहिरोले आदिबराह पुरियो
अ अ+ अ-

पर्वत । जिल्लाको जलजला गाउँपालिका–२ को पूर्ण गाउँमा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल आदिबराह ताल पहिरोका कारण पुरिएको छ । जलजला–५ कुवापानीको पहाडबाट झरेको लेदोसहितको पहिरोले ताल पुरिएको हो ।

गत बुधबार बिहान खसेको पहिरो र लेदोले ताल पुरिएको स्थानीयले जानकारी दिएका छन् । उक्त ताल गत वर्षको भदौ अन्तिम साता पहाडबाट झरेको पहिरोले बगरमा परिणत भएको थियो । गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले ताल संरक्षण तथा विकास प्राधिकरणमार्फत मर्मत गरेको स्थानीय नवीन जिसीले बताउनुभयो । गत वर्ष मर्मत गरिएको ताल गत बुधबार आएको पहिरोले पुन:पुरिएर पहिलेकै अवस्थामा पुगेको उहाँले जानकारी दिनुभयो ।

अविरल वर्षासँगै बुधबार आएको पहिरोले एउटा घर जोखिममा परेको छ भने सयौँ रोपनी धानखेत समेत पुरिएको जलजला–४ का वडाध्यक्ष भरत क्षेत्रीले जानकारी दिनुभयो । उहाँले गत वर्षदेखि यस क्षेत्रमा पहिरोको जोखिम बढ्दै गएको बताउनुभयो ।

समुद्री सतहबाट एक हजार नौ सय ५० मिटरको उचाइमा अवस्थित आदिबराह ताल तीन रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको छ । अङ्ग्रेजी अक्षरको ‘सी’ आकारको तालको सौन्दर्य र विशेषता ऐतिहासिक रहेको वडाध्यक्ष क्षेत्रीले बताउनुभयो । करिब तीन मिटर गहिरो यस तालको पृष्ठभूमिमा धौलागिरि, नीलगिरि र अन्नपूर्ण हिमाल रहेका छन् । ताल मात्र नभई यहाँ रहेको बराह मन्दिर पनि पहिरोको जोखिमा परेको उहाँले जानकारी दिनुभयो ।

स्थानीय थलबहादुर घर्ती क्षेत्रीका अनुसार नीलो तालको बीचमा बयसको रुखसँगै रहेको बराहको मन्दिर आकर्षक र मनमोहक देखिन्छ । “यो बराह मन्दिर रहेको ताल प्राकृतिक हो । यो मन्दिर स्थापनाको इतिहास खोज्दै जाँदा १२औँ शताब्दीसम्म पुगिन्छ । यहाँका घर्ती, क्षेत्रीले इष्टदेवका रूपमा बराह देवताको पूजा गर्दै आएका थिए । अहिले पनि यहाँका सबै जातजातिले बराह देवताप्रति विश्वास र आस्था राखेर पूजा गर्दछन् । बराह देवता रहेको तालमा टाढाटाढाबाट सेता जलहाँस उड्दै आएर पौडी खेलेको देख्न पाइन्छ”, उहाँले भन्नुभयो ।

कुवापानी पहाडबाट लगातार पहिरो बग्दै आएर बाढी पसेपछि तालमा कमेरो माटोसहितको लेदोले भरिएको छ । सुन्दर ताल अहिले उराठलाग्दो बगर बनेको स्थानीय जिसीले बताउनुभयो । प्रत्येक वर्ष जनैपूर्णिमामा आदिबराह ताल मन्दिरमा विशेष पूजासहित मेला लाग्ने गर्दछ । मेला हेर्न र बराह देवताको पूजा गर्नका लागि हजारौँ भक्तजन तथा सर्वसाधारणको घुइँचो लाग्ने गर्दछ ।

तालसँगै रहेको घर्ती क्षेत्रीहरुको बराह मन्दिर दुई वर्षअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको थियो । छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनीबाट मल्लाज हुँदै करिब दुई घण्टा उकालो हिँडेपछि बराहताल पुग्न सकिन्छ । अहिले यहाँ मोटरबाटोकोसमेत सुविधा पुगेको छ ।

तालबाट पर्वत, म्याग्दी र बागलुङको विभिन्न बस्तीको अवलोकन गर्न सकिन्छ । हिमालको छायाँ पर्दा ताल निकै आकर्षक र मनमोहक देखिन्छ । यहाँ पूजाआजा र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको स्थानीय लालबहादुर अधिकारीले बताउनुभयो । घर्ती क्षेत्रीको कुलपूजासमेत यही तालको नजिकमा रहेको मन्दिरमा गरिने भएकाले पनि यहाँ सन्तान लाभ, रोजगारी, व्यापार, व्यवसायमा सफलताका लागि कामना गर्न आउने भक्तजनको घुइँचो लाग्ने गरेको उहाँको भनाइ छ ।

“छेउमा रहेको ढुङ्गे धारामा पानी सुक्दैन, यहाँका बासिन्दाले यही पानी खाने गर्छन”, अधिकारीले भन्नुभयो, “तालको बीचमा रहेको मन्दिर र बरको रुखले थप आकर्षक बनाएको छ । बराह ताल अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्गअन्तर्गत पर्दछ ।”

जलजला गाउँपालिकाको सबैभन्दा ठूलो बराहताल कहिल्यै नसक्ने स्थानीय बताउँछन् । तालको बीच भागमा अवस्थित बयसको रूख यहाँको अर्को आकर्षण हो । सोही रूखको फेदीमा रहेको जलबराह देवताको मूर्तिमा पूजाआजा गरिन्छ । ताल संरक्षण र प्रवर्द्धनका लागि पछिल्लो समय स्थानीय र प्रदेश सरकारले चासो देखाएका बेला पहिरोले पुरिएर समस्या भएको स्थानीय अधिकारीले बताउनुभयो ।

कुवापानीको पहाड नै चर्किएर झरेको पहिरोले गत वर्ष सात घर विस्थापित बनेका थिए । यो तालसहित ८५ रोपनी क्षेत्रफलमा फैलिएको खेतीयोग्य खेत बगरमा परिणत भएको थियो । गत वर्ष पहिरो जाँदा खानी तथा भूगर्भ विभागअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली कुवापानीको पहाडमा पुगेर अध्ययन गरेको थियो ।

विभागका भूगर्भविद् अनिस खनाल, प्राविधिक बिरास मल्ल र आइटी इञ्जिनियर ईश्वर न्यौपानेको तीन सदस्यीय विज्ञ टोलीले बस्तीलाई स्थानान्तरण गर्न सुझाव दिनुभएको थियो । रासस