४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेंगी परीक्षण र उपचारका निम्ति सबै संघीय अस्पतालमा छुट्टै डेस्क स्थापना हुने



अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगु नियन्त्रण र रोकथामका लागि सार्वजनिक स्थलको निगरानी बढाउनुपर्ने बताउनुभएको छ ।

डेंगु रोकथाम तथा नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई बिहीवार मन्त्रालयमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विद्यालय, अस्पताल, क्याम्पस, तरकारी बजार, हाटबजार, खुला ठाउँ, सार्वजनिक स्थलमा पालिकाले वडालाई क्रियाशिल बनाइ निगरानी गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले बढी मानिसहरुको उपस्थिति हुने ठाउँलाई निगरानी गरेको खण्डमा नियन्त्रणमा योगदान पुग्ने बताउनु भयो ।

उहाँले लामो बाहुले लुगा लगाउने जस्ता जनचेतना अभिवृद्धि गर्नसके पनि महत्वपूर्ण उपलब्धि हुने बताउनु भयो । उहाँले जनचेतना अभिवृद्धि गर्ने क्रममा संघ, प्रदेश र स्थानीय तहले समन्वयात्मक रुपमा भुमिका खेल्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले टेलिफोनको रिङटोनमा डेंगुबाट बच्ने उपायहरुको सूचना दिने व्यवस्था मिलाउने पनि बताउनु भयो । उहाँले कार्यालय सफा गर्ने अभियान हरेक हप्ताको शुक्रवार बिहान १० देखि ११ बजेसम्म सञ्चालन गर्न आग्रह गर्नुभयो । भदौ र असोज महिनामा आफ्नो कार्यालय सफा गर्ने अभियान चलाउनसके मात्रै पनि डेंगु नियन्त्रणमा सहयोग पुग्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विद्यालय, अस्पताल, कलेज, तरकारी बजार, हाटबजार, खुला ठाउँ, सार्वजनिक स्थल यो सबैमा पालिकाले वडालाई क्रियाशिल बनाएर निगरानी गर्न आवश्यक छ । यो बढी मानिसहरुको उपस्थिति हुने ठाउँलाई निगरानी गरियो भने नियन्त्रणमा योगदान पुग्छ । विशेष गरी जनचेतना अभिवृद्धि गर्ने, लामो बाहुले लुगा लगाउनुपर्दो रहेछ भन्नेकुरा पनि सबैलाई बुझाइयो भने यो पनि ठूलो कुरा हुन्छ । त्यसैले जनचेतनाको पक्ष असाध्यै महत्वपूर्ण छ । जनचेतना अभिवृद्धि गर्ने क्रममा संघ, प्रदेश र स्थानीय तहले कसरी काम गर्न सक्छन् रु डेंगुबिरुद्ध कसैले केही पोस्ट गर्‍यो भने त्यो चेतनामुलक सूचना रहेछ भने सबैले शेयर गर्ने गर्नुपर्छ । टेलिफोनको रिङटोनमा यसको बारेमा हामी सूचना दिनेकुरा गर्नेछौँ । टायर नष्ट गर्ने सन्दर्भमा पनि यहाँहरुले विशेष ध्यान दिन जरुरी छ । आफ्नो कार्यालय सफा गर्ने अभियान शुक्रवार गरौँ । मन्त्रालयले तोकिदिएको नै छ, तपाईंहरुले पनि सोही समय तोकिदिनुभयो भने शुक्रवार १० देखि ११ बजेसम्म सबै प्रमुखदेखि सहयोगीसम्म काममा जुट्नुपर्छ । त्यसले चेतना अभिवृद्धि गर्न सकिन्छ । भदौ र असोज महिनामा आफ्नो कार्यालय सफा गर्ने अभियान चलाऔँ ।’

मन्त्री पौडेलले नसर्ने रोगहरुबाट नेपालीहरु आक्रान्त रहेको बताउनु भयो । उहाँले सबै संघीय अस्पतालमा डेंगी उपचारका निम्ति छुट्टै डेस्क स्थापना गर्ने बताउनु भयो । डेंगी संक्रमण देखिए नि:शुल्क उपचार हुने पनि बताउनु भयो । डेंगी खोज र नष्ट गर्ने कार्यलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो । डेंगी रोकथाम तथा नियन्त्रणका लागि सबैभन्दा प्रभावकारी उपाय वातावरणीय हेरफेर र परिमार्जन हो । जुन खोज र नष्ट विधिमार्फत प्राप्न गर्न सकिने चिकित्सकहरु बताउँछन् । खोज र नष्ट विधि घरदेखि ठूला सामुदायिक अभियानहरूसम्म सबै स्तरहरूमा लागू गर्न सकिने विज्ञहरुको भनाइ छ । यसका लागि कुनै परिष्कृत उपकरण तथा विशेष सीप वा विशेषज्ञको आवश्यकता नपर्ने र समुदायिक सहभागिताबाटै गर्न सकिने भएको हुँदा यो विधि लागत प्रभावी रहेको विज्ञहरुको सुझाव छ । समुदायहरूलाई नियमित खोजी र नष्ट गतिविधिहरूमा संलग्न गरेर, यसले डेंगी रोकथाम प्रयासहरूमा स्वामित्व र जिम्मेवारीको भावनालाई बढावा दिनुका साथै दिगोपनलाई सुनिश्चित गर्न सकिने विज्ञहरु बताउँछन् ।