२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम News Polar कांग्रेस महाधिवेशनको चौथो दिन बन्द सत्र, प्रतिवेदन पारित गर्दै सभापति थापाले सम्बोधन गर्ने News Polar ‘सत्ता र शक्तिवालाहरूले कानुन मिच्दा कृष्णलाल अधिकारीहरू जन्मन्छन्, मकैको खेती सुरु हुन्छ’ News Polar मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण News Polar सुडानको टाविलामा बढ्दो मानवीय संकटः एक महिनामा ६ हजारभन्दा बढी विस्थापित News Polar ‘जलवायु न्याय माग्ने नेपालको आधार नै कमजोर’ News Polar मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार News Polar हुम्लामा हिमपातले जनजीवन प्रभावित News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक News Polar कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची News Polar रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख नगद सहयोग गर्ने News Polar मालढुङ्गा पुल पश्चिम नेपालकै लाइफलाइन हो, जतिसक्यो चाँडै सञ्चालनमा ल्याउनुपर्छः ढकाल News Polar नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति News Polar बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना

मंकीपक्सको प्रकोप फैलिएपछि डब्लुएचओद्वारा विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

मंकीपक्सको प्रकोप फैलिएपछि डब्लुएचओद्वारा विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा
तस्बिर : राेयटर्स
अ अ+ अ-

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले अफ्रिकाका केही भागहरूमा मंकीपक्सको प्रकोप फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

अत्यधिक संक्रामक रोग मानिने मंकीपक्सले कंगोमा प्रारम्भिक प्रकोपको क्रममा कम्तीमा ४ सय ५० जनाको मृत्यु भएको छ । यो अब मध्य र पूर्वी अफ्रिकामा फैलिइरहेको छ ।

वैज्ञानिकहरूले यो रोगको नयाँ भेरियन्ट छिटो फैलिरहेको र यसको उच्च मृत्यु दरका कारण चिन्ता व्यक्त गरेका छन् ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले अफ्रिकाभित्र र बाहिर फैलिने सम्भावना रहेकाले यसलाई ’धेरै चिन्ताजनक’ अवस्था भनेका छन् । ’यो प्रकोप रोक्न र जीवन बचाउनको लागि अन्तर्राष्ट्रिय समन्वय आवश्यक छ’, उनले भने ।

एमपक्स यौन सम्पर्क, छालादेखि छाला सम्पर्क र अर्को व्यक्तिसँग कुरा गर्दा वा सास फेर्दा पनि सर्नसक्छ । यसमा फ्लू जस्ता लक्षणहरु देखिन्छन् । छालामा घाउहरू हुन्छन् । यो रोगबाट मृत्युको अनुपात १०० मा चार छ ।

नेपालमा पहिलो पटक २०८० को असारमा एमपक्सको संक्रमण पुष्टि भएको थियो । नेपालमा रहेकी एक विदेशी महिलामा उक्त संक्रमण देखिएको थियो ।

मंकीपक्स रोग संक्रमित व्यक्ति वा संक्रमित पशुसँगको सम्पर्कमा आउँदा घाउ खटिरा – विमिराको सम्पर्क, शरीरबाट निस्किएको तरल पदार्थ (जस्तै थुक, र्‍यालको सम्पर्कबाट, भाइरसबाट दुषित सतह र सामग्रीको प्रत्यक्ष), संक्रमित बाँदर, मुसा, लोखर्केलगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्दछ ।

यसले ज्वरो आउने, सामान्यतया ज्वरो सुरु भएको १ देखि ३ दिन भित्रमा छाला, अनुहार, हत्केला, र पैतालामा डाबर देखा पर्ने, डाबर परिवर्तन भइ फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थीहरू बढ्ने हुन्छ । आँखामा संक्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वर, गर्भ खेर जाने र मृत्यु समेत हुन सक्छ ।