४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्ति प्रक्रिया निस्कर्षमा पुर्याउने भुमिका खेलेबापत राजालाई राजनीतिक दलहरुले नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्थ्योः अध्यक्ष लिङदेन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले शान्ति प्रक्रियालाई निस्कर्षमा पुर्याउँदै गर्दा विगतको द्वन्द्वलाई बिर्सनु नहुने बताउनुभएको छ ।

बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले शान्ति प्रक्रियामा सबैलाई अटाएर लैजानुपर्ने बताउनु भयो ।

उहाँले कसरी टुंग्याउने भन्नेकुरामा मात्रै छलफल हुँदा त्यस बेलाका पीडित पक्षलाई नछोइएको बताउनु भयो । उहाँले द्वन्द्व कसका कारण र कसका लागि भयो ? भन्ने मुख्य कुरा रहेको भन्दै युद्ध गर्नेले जनयुद्ध भन्दा हुने तर सबैले भन्नुपर्छ भन्नेकुरा मान्य नहुने बताउनु भयो । त्यस प्रकारको द्वन्द्व फेरि देशमा कहिल्यै दोहोरिन दिनु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जब शान्ति प्रक्रियाको कुरा आउँछ, शान्ति प्रक्रियालाई निस्कर्षमा पु¥याउने कुरा गर्दछौँ । त्यसबेला हामीले विगतको द्वन्द्वलाई बिर्सनु हुँदैन । अहिले कसरी टुंग्याउने भन्नेकुरा मात्रै भइरहेको छ । त्यो द्वन्द्व कसका कारण भयो, कसका लागि भयो रु त्यो भन्नलाई नाम दिनलाई जसले द्वन्द्वको नेतृत्व ग¥यो, प्रत्यक्ष सामेल भयो, त्यसले जनयुद्ध भने हुन्छ ।

कसैले सशस्त्र बिद्रोह, कसैले हिंसात्मक बिद्रोह भने हुन्छ । तर हामीले यो कुरा बिर्सिनु हुँदैन की त्यस प्रकारको द्वन्द्व फेरि देशमा कहिल्यै नदोहोरियोस् । यस द्वन्द्वमा बिद्रोही र सरकार पक्ष मात्रै छैनन् । जो द्वन्द्वमा प्रत्यक्ष रुपमा सामेल थिएन त्यो पनि सबैभन्दा बढी पीडित भएको छ ।’

अध्यक्ष लिङदेनले सम्झौताको एउटा पक्ष तत्कालीन राजालाई स्मरण गर्नुपर्ने भएपनि नसम्झिएको भन्दै आपत्ति जनाउनु भयो । शान्ति प्रक्रियालाई निस्कर्षमा पुर्याउने भुमिका खेलेबापत तत्कालिन राजालाई राजनीतिक दलहरुले नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्ने बताउनु भयो । आफूले मौका पाउने बित्तिकै अरुलाई बिर्सिन नहुने बताउनु भयो ।

तस्बिरः रत्न श्रेष्ठ/रासस