१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

शान्ति प्रक्रियालाई हामीले आफ्नै हिसाबले अघि बढाएका हौँ – प्रधानमन्त्री

शान्ति प्रक्रियालाई हामीले आफ्नै हिसाबले अघि बढाएका हौँ – प्रधानमन्त्री
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियालाई नेपालले आफ्नै हिसाबले अघि बढाएको बताउनुभएको छ ।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै ओलीले नेपालको शान्ति प्रक्रिया मौलिक भएकोले सफलतातर्फ उन्मुख भएको बताउनुभयो । ‘शान्ति प्रक्रियालाई हामीले आफ्नै हिसाबले प्रारम्भ गरेको हौँ, आफ्नै हिसाबले अघि बढाएका हौँ, यो मौलिक छ, हाम्रो आफ्नै प्रयासबाट अगाडि बढेको छ, त्यही कारण हुन सक्दछ, यो सफलतापूर्वक अगाडि बढेको छ’, ओलीले भन्नुभयो ।

नेपालको शान्ति प्रक्रिया दुनियाँको लागि नमुना हुने गरी नेपालले अघि बढाएको प्रधानमन्त्री ओलीले बताउनुभयो । नेपालका सशस्त्र द्वन्द्वमा रहेको अनेक समूहलाई लोकतन्त्रको राष्ट्रिय धारमा ल्याएको उहाँले बताउनुभयो ।

शान्ति प्रक्रियाको धेरै काम टुङ्गिएको भए पनि सत्य निरूपण र बेपत्ताको छानबिन टीआरसीको काम बाँकी रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । ती विषयलाई टुङ्गो लगाउन टीआरसी विधेयक बनाएको भए पनि ऐनका कमजोरीका कारण विषय टुङ्गो नलागेको कारण संशोधन सहितको विधेयक संसदमा पेस भइसकेको उहाँले जानकारी दिनुभयो । आज सो विधेयक माथि छलफल गरेर पारित गरिने ओलीले जानकारी दिनुभयो ।

कुनै करकापमा नपरी सहमतिका साथ पीडितको पक्षमा सो विधेयक बनेको उहाँले बताउनुभयो । सबै शान्तिका पक्षधरका लागि यो खुसीको विषय भएको प्रधानमन्त्री ओलीले प्रष्ट पार्नुभयो ।

ऐन पास भएपछि ऐन अन्तर्गत आयोग बन्ने र ती आयोगले प्रभाकारी काम गर्ने उहाँले बताउनुभयो । ती आयोगलाई सरकारको तर्फबाट सरकारको पुरापुर सहयोग हुने बताउँदै ओलीले अन्य राजनीतिक दललाई पनि त्यसमा सहयोग गर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपालले शान्ति प्रक्रियाको बाँकी कामलाई पनि पुरा गर्‍यो भन्ने सन्देश विश्व समुदायलाई दिन आवश्यक रहेको बताउनुभयो ।