२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

एथेन्सको जंगलमा भीषण आगलागी: एक लाख एकड जलेर नष्ट



अ+ अ-

एजेन्सी । आईतवारदेखि लगातार लागेको डढेलोका कारण एथेन्सको उत्तरपूर्वी जंगलको एक लाख एकड जलेर नष्ट भएको छ ।

द्रुत गतिमा चलिरहेको जंगलको आगोले राजधानीलाई खतरामा पारेको छ । ७ सय भन्दा बढी अग्निनियन्त्रक, सैनिक कर्मचारी, स्वयंसेवक, ३५ वटा पानी छोड्ने विमान र हेलिकप्टर सहितको ठूलो मात्रामा आगो निभाउने प्रयासका बाबजुद भीषण हावा र सुख्खा अवस्थाका कारण आगो तिब्र गतिमा फैलिएको बताइएको छ ।

एथेन्सको डाउनटाउनबाट करिव ४० किलोमिटर उत्तरपूर्वमा रहेको म्याराथन दौडको जन्मस्थल म्याराथनको ऐतिहासिक शहर नजिकै आईतवार दिउँसो जंगलमा आगलागी भएको थियो । एथेन्सको राष्ट्रिय अब्जर्भेटरीको प्रारम्भिक अनुमानका अनुसार सोमवार साँझसम्म आगो राजधानीको उपनगरहरूमा पुगेको छ । लगभग एक लाख एकड जङ्गल जमिन र खेतबारीलाई जलाएको छ ।

तीन अग्निनियन्त्रकसहित कुल ३५ जना सामान्य घाइते भएका छन् । धेरैजसो धुवाँको कारण श्वासप्रश्वासमा समस्या भएका थिए । यसैबीच कम्तिमा ३० वटा आपतकालीन अलर्टसहित बस्तीहरू खाली गर्न जारी गरिएको छ ।