२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेतृत्व हस्तान्तरणबारे अध्यक्ष दाहालः ‘सबै मिलेर जान्छ, टेन्सन छैन’



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी नेतृत्व हस्तान्तरण प्रक्रिया सबै मिलाएर अघि बढाउने बताउनुभएको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायि कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

सञ्चारकर्मीहरुले बैठकमा पार्टीको नेतृत्व हस्तान्तरणको कुरा उठेको भन्ने छ नि भन्ने प्रश्न गरेपछि त्यसको जवाफमा उहाँले सबै मिल्ने र त्यसमा चिन्ता लिन नपर्ने प्रतिक्रिया दिनुभयो ।

नेतृत्व हस्तान्तरणबारे लिखित प्रश्ताव नै आयो के छ यसमा तपाईको धारणा भन्दै सञ्चारकर्मीले प्रश्न गरेपछि उहाँले भन्नुभयो, ‘केही हुँदैन, सबै मिलेर जान्छ, तपाईंहरुलाई हो टेन्सन, हामीलाई केही छैन ।’

पार्टीको स्थायी कमिटी बैठकमा पार्टीका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष दाहाललाई संरक्षक बनेर तेस्रो पुस्ताको चाहेको व्यक्तिलाई पार्टी अध्यक्ष बनाउन लिखित प्रश्ताव पेश गर्नुभएको थियो । —न्युज एजेन्सी नेपाल