३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

ईफाप्काका महासचिव एनजी एक मेङ्गसँग नेपाल निर्माण व्यवसायी महासंघको भेट



अ+ अ-
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण सङ्गठनहरूको छाता संगठन (ईफाप्का)का महासचिव एनजी एक मेङ्गसँग भेटवार्ता गरेको छ ।
ईफाप्का सदस्य राष्ट्रका समस्यालाई सम्बोधन र सम्बन्ध बिस्तार गर्नका लागि पाँच दिने नेपाल भ्रमणमा आउनुभएका महासचिवलाई महासंघले स्वागत गरेको हो । महासचिवसँगको भेटपछि महासंघका अध्यक्ष रवि सिंहले महासचिवसँग सिंगापुरको विकासको प्रविधि साटासाट गर्ने विषयमा छलफल भएको बताउनु भयो । उहाँले नेपालको श्रम शक्तिलाई सिंगापुरमा सीप सिक्नको लागि पठाउने र नेपाल सिंगापुरको निर्माण क्षेत्रसँग सहकार्य गर्न प्रश्ताव गरिएको बताउनु भयो । उहाँले महासचिवले महासंघको प्रश्तावलाई स्वीकार गरेको पनि बताउनु भयो । अध्यक्ष सिंहले नेपालमा निर्माण श्रमिकलाई तालिम केन्द्र स्थापना गरी सिंगापुरमा श्रमिक पठाउने विषयमा छलफल भएको बताउनु भयो ।
ईफाप्काका महासचिव मेङ्गले नेपाल निर्माण व्यवसायी महासंघ ईफाप्काको महत्वपूर्ण सदस्य भएको बताउनु भयो । उहाँले ईफाप्कामा १८ देशहरु सदस्यको रुपमा रहेको भन्दै सबै देशको निर्माण क्षेत्रका समस्या सुन्ने र सुधार गर्ने योजनाका साथ भ्रमण गरेको बताउनु भयो । उहाँले सिंगापुर र नेपालको निर्माण क्षेत्रसँगको सहकार्यमा निर्माणसम्बन्धि तालिमको व्यवस्था गरी दक्ष जनशक्ति उत्पादनमा जोड दिन तयार रहेको बताउनु भयो ।
उहाँले नेपाल अल्पविकसित मुलुक भएकाले निर्माण क्षेत्र सुधार नयाँ प्रविधिको माध्यमबाट गर्न आवश्यक रहेको बताउनु भयो ।