१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ: डा कोइराला

राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ: डा कोइराला
अ अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा कुलप्रसाद कोइरालाद्वारा लिखित ‘आफ्नो बाटो, आफ्नै पाइला’ आत्मवृत्तान्त र ‘एक्काको जोडा एक्का’ कथासङ्ग्रहको आज विमोचन गर्नुहुँदै उहाँले मुलुकमा राजनीतिक स्थिरताका लागि निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताउनुभएको हो ।

संविधान संशोधन गर्दा संविधानको मर्मलाई भने बिर्सन नहुने डा कोइरालाको भनाइ थियो । “निर्वाचन प्रणाली परिवर्तन गर्दा संविधानले व्याख्या गरेजस्तो सबै जातजातिको प्रतिनिधित्व हुनुपर्छ, संविधानमा भएको आरक्षणको सिटलाई सुनिश्चित गराउनुपर्छ तर एक पार्टीको बहुमत कसरी आउँछ भन्ने कुरालाई ख्याल गरेर संशोधन गर्नुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो ।

प्रतिनिधिसभा सांसद डा कोइरालाले अहिलेको अवस्थामा सबै दललाई साथमा लिएर संविधान संशोधन गर्नुपर्नेमा जोड दिनुभयो । यसैगरी उहाँले भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्न सम्पूर्ण ध्यान केन्द्रीत गर्न सरकारलाई आग्रह गर्नुभयो । बङ्गलादेशको घटनाले आमनेपालीलाई चिन्तित बनाएको उल्लेख गर्नुहुँदै डा कोइरालाले नेपालमा पनि जनआक्रोस बढ्न नदिन जनभावनाअनुसार काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

“राजनीतिक स्थायित्व, आर्थिक विकास र सुशासनका लागि कांग्रेस–एमाले गठबन्धन निर्माण भएको छ । अब पनि जनआकाङ्क्षाअनुसार काम गर्न सकिएन भने निराशा र जनआक्रोस बढ्नसक्छ । यसर्थ अहिलेको सरकारले प्राप्त अवसर र विश्वास गुम्न दिनुहुँदैन”, उहाँले भन्नुभयो । नयाँ कृति प्रकाशन गरेकामा प्रा डा कोइरालालाई उहाँले बधाई तथा शुभकामना समेत दिनुभयो ।

पुस्तकका लेखक प्रा डा कोइरालाले जीवनमा भोगेका भोगाइ र गरेका कामलाई पुस्तकमार्फत आम पाठकमाझ प्रस्तुत गरेको बताउनुभयो । उहाँले अर्को वर्ष थप दुई पुस्तक प्रकाशनमा ल्याउने तयारी रहेको जानकारी दिनुभयो ।

दुई पुस्तकमाथि चर्चा गर्नुहुँदै प्राध्यापक पुरुषोत्तम दाहाल र कलानिधी दाहालले प्रा डा कोइरालाको कृतिभित्र जीवनको यात्रा सुरूदेखि हालसम्मको अवस्थालाई चित्रण गरिएको बताउनुभयो । प्रा डा कोइराला आफ्नो काममा निरन्तर लाग्ने व्यक्ति भएको उहाँहरूको भनाइ थियो ।

प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपालका अध्यक्ष जगत तिमल्सिना, त्रिभुवन विश्वविद्यालय रत्नराज्य लक्ष्मी क्याम्पसका क्याम्पस प्रमुख प्रा डा जीवनधर ज्ञवाली, प्रजातान्त्रिक विचार समाजका पूर्वअध्यक्ष डा केदारनरसिंह केसी, त्रिचन्द्र क्याम्पसकी प्राध्यापक उषा अधिकारीलगायतले प्रा डा कोइरालाको कृतिले नेपाली भाषा र साहित्यको क्षेत्रमा नयाँ इँटा थपिएको बताउनुभएको थियो ।

उहाँहरूले मानिस मरेर गए पनि सिर्जना कहिल्यै नमर्ने भएकाले अझ थप कृति ल्याउन शुभकामना दिनुभएको थियो ।