५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्र आन्दोलनका स्वरुप परिवर्तन गरी जनतामा जाने



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)आन्दोलनका स्वरुप परिवर्तन गरी जनतामा जाने भएको छ । शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा सोबारेमा छलफल भएको हो ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले आन्दोलनका स्वरुप बनाइ नयाँ ढंगबाट जनतामा जानेबारेमा अध्यक्ष पुष्पकमल दाहालले निर्देशित गर्नुभएको बताउनु भयो ।

उहाँले बैठकमा अध्यक्ष दाहालले वैचारिक, सांगठनिक, राजनीतिक र परिस्थितिकीय कार्यभारको बारेमा पनि धारणा राख्नुभएको जानकारी दिनुभयो ।

बैठकमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, उपमहासचिव द्वय वर्षमान पुन र जनार्दन शर्मा, नेताहरु प्रशुराम तामाङ, सुरेन्द्रबहादुर कार्की, गणेशमान पुन, अग्नि सापकोटा, कुलप्रसद केसी, , गणेश साह, देवेन्द्र पौडेल, अमृता थापामगर, चक्रपाणी खनालले आफ्ना धारणा राख्नुभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अध्यक्षले वैचारिक, सांगठनिक, राजनीतिक र परिस्थितिकीय र हाम्रो कार्यभारको बारेमा धारणा राख्नुभयो । त्यसपछि वरिष्ठ उपाध्यक्ष नारयणकाजी श्रेष्ठले राख्नुभयो । प्रशुराम तामाङ, सुरेन्द्रबहादुर कार्की, उपमहासचिव जनार्दन शर्मा, गणेशमान पुन, अग्नि सापकोटाले, कुलप्रसद केसी, उपमहासचिव वर्षमान पुन, गणेश साह, देवेन्द्र पौडेल, अमृता थापामगर, चक्रपाणी खनालले राख्नुभयो ।

अध्यक्षले आज ८ औं महाधिवेशनमा विचारको संश्लेषण गरेका थियौँ, अब अहिलेका लागि मार्ग निर्देशक सिद्धान्त त्यही नै हो । अब विगतका संश्लेषणहरुको अध्ययन गर्नुपर्छ । पछिल्लो अवस्थाको ठोस विश्लेषण गर्ने कुरामा राख्नुभयो ।

पार्टी सुदृढिकरण गर्नेकुरा राख्नुभयो । परिस्थिति जटिल भएको र त्यसका चुनौतिहरुको समाधान गर्न पार्टी सक्षम, सुदृढ हुनुपर्ने र त्यसका लागि सुदृढिकरण अभियान चलाउनुपर्ने बताउनुभएको छ । आन्दोलनका स्वरुप पनि नयाँ ढंगबाट सञ्चालन गर्नेकुरामा अघि बढ्ने र सदन प्रभावकारी बनाउने र सदन र सडक जोड्ने काम गर्ने । नयाँ कार्यक्रमसहित जनतामा जानेकुरामा जोड दिएर राख्नुभएको छ ।’

परिस्थिति जटिल भएको र त्यसका चुनौतिहरुको समाधान गर्न पार्टी सक्षम, सुदृढ हुनुपर्ने कुरामा नेताहरुले जोड दिएको पनि बताउनु भयो ।