४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो

स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीको पत्र : स्वदेशमै इन्टर्नशीपको व्यवस्था होस्

स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीको पत्र : स्वदेशमै इन्टर्नशीपको व्यवस्था होस्
अ+ अ-

काठमाडौं । बंगलादेशमा हिंसा चर्किएर राजनीतिक परिवर्तन भएपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीले स्वदेशमै इन्टर्नशीपको व्यवस्था गरिदिन सरकारसमक्ष माग गरेका छन् ।

बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुको संस्था नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसनले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई पत्र पठाउँदै स्वदेशमै इन्टर्नशीपको व्यवस्था गरिदिन माग गरेका हुन् ।

विद्यार्थीहरुले बंगलादेशमा उत्पन्न भएको घटना र यसले सिर्जना गरेको अन्योलता एवं नेपाली विद्यार्थीको अवस्थाका बारेमा स्वास्थ्य मन्त्रीलाई अवगत गराएका हुन् ।

उनीहरुले राखेका माग के के हुन् त ?

१. हाल बंगलादेशमा इन्टर्नसिप गरिरहेका नेपाली विद्यार्थीहरुलाई बाँकी रहेको अवधि यथाशक्य नेपालमै इन्टर्नसिपकोव्यवस्था मिलाइ दिनुहुन ।

२. इन्टर्नसिपसम्बन्धी ऐन संशोधन हुनुपर्ने (नीतिगतरुपमा सम्बोधन गर्नुपर्ने)

अवस्था र आवश्यकताअनुसार बंगलादेश अथवा नेपालमा (आफ्नो इच्छा/अवस्थाअनुसार) १ वर्षे इन्टर्नसिप गर्न मिल्ने व्यवस्था गरिदिनुहुन् ।
(छिमेकी देश भारत लगायत बिभिन्न देशहरुमा इन्टर्नसिप आफ्नै देशमा गर्न मिल्ने प्रावधान छ ।)

–एमबिबिएसको फाइनल परीक्षा उतिर्ण गरेपछि इन्टर्नशिप गर्न बंगलादेशमा प्राइभेट मेडिकल कलेजमा विद्यार्थीले भर्ना समयमै इन्टर्नशिप फि तिर्नुपर्ने हुन्छ (अर्थात् ५ वर्षअगाडी नै) अनि त्यहि फि पछि मेडिकल कलेजले तलब भनेर मासिक रुपमा फिर्ता दिने गरेका छन् । सरकारी मेडिकल कलेजमा अध्ययन गर्नेले पनि इन्टर्नसिप गर्दा कुनै स्टिफेन पाउँदैनन् ।

– नेपालमै इन्टर्नसिपको व्यवस्था गर्दा दक्ष युवा जनशक्ति विदेश पलायन हुन बाट बचाउन सकिन्छ, यहाँको मेडिकल सेटअप, प्रणाली सवै बारे ज्ञान हुन्छ, यहिकै बिरामीहरुलाई थप सेवा प्रदान गर्न सकिन्छ ।

– तसर्थ भविष्यमा देशमा राम्रो डाक्टर उत्पादन गर्न टेवा पुग्छ ! अनि देशका भविष्य क्षमतावान युवाहरुलाइ स्वदेशमै बस्न/फर्कन प्रोत्साहन हुन्छ !

३. बंगलादेशमा रहेका मेडिकल कलेजहरुमा नेपाली विद्यार्थीहरु अध्ययन गर्नका निम्ति नेपाल मेडिकल काउन्सिल एवं सम्बन्धित निकायबाट मापदण्ड तोकिनुपर्ने साथै मापदण्डबिपरित रहेका कलेजहरुलाइ कालोसूचीमा राख्नुपर्ने, बंगलादेशका मेडिकल कलेजमा नेपाली विद्यार्थी भर्ना गर्न कलेजले के–के मापदण्ड पुरा गर्नु पर्छ भन्ने औपचारिक धारणा सार्बजनिक नभएका कारण बर्षेनी थुप्रै नेपाली विद्यार्थी ठगिने गरेका छन् ! नेपाली विद्यार्थीहरु भर्ना गर्न : कलेजको पूर्वाधार, हस्पिटल, कलेजको बार्षिक नतिजा, कलेजको छात्रावासको सुविधा आदि बारे अध्ययन नै नगरी नेपाली बिधार्थी भर्ना लिन स्वीकृति दिनुले बिधार्थीहरु समस्यामा पर्ने गरेका छन् !

– नेपाल मेडिकल काउन्सिल एवं सम्बन्धित निकायद्वारा बंगलादेशमा रहेका मेडिकल कलेजहरुको नियमित/बार्षिकरुपमा अनुगमन हुनुपर्ने, बंगलादेशलगायत विदेशमा चिकित्सा शिक्षा अध्ययनरत नेपाली विद्यार्थीहरुका हकमा यो कुरा लागु हुँदा साथै नेपाली विद्यार्थी पढ्ने बिदेशी मेडिकल कलेजहरुलाई समय समयमा हाम्रो सम्बन्धित निकाय बाट अनुगमन हुँदा हामी सबै जनालाई हौसला मिल्ने थियो, देशको हामि प्रतिको अभिभावकत्व महसुस हुने थियो ।

४. विद्यार्थी तथा अभिभावकहरुलाई ठग्ने कन्सल्टेन्सी एवं एजेन्टहरुलाई कानुनी दायरामा ल्याइ कडा कारवाही गरिनुपर्ने ।

५. नेपाल मेडिकल काउन्सिलले लिने लाइसेन्स परीषाका निम्ति ६ महिना इन्टर्नसिप गर्नैपर्ने व्यवस्थालाइ संशोधन गरी एमबिबिएस फाइनल परीक्षा उतिर्ण गरेलगतै दिन मिल्ने व्यवस्था गरिदिनुहुन,

– फाइनल परीषाका लागि तयारी गर्दा केही तयारी भइसक्ने साथै इन्टर्नसिप ड्युटी सुरु भइसक्दा लाइसेन्स परीषाका निम्ति तयारी गर्ने समय मिलाउन कठिन हुनेभएकाले फाइनल परीक्षा उतिर्णगरे लगतै लाइसेन्स परीक्षा दिने व्यवस्थामिलाइ दिनुहुन,

६. नेपाल मेडिकल काउन्सिलले लिने लाइसेन्स परीक्षा न्यायिक एवं व्यवस्थित हुनुपर्ने,

–नेपाल मेडिकल काउन्सिलले लिने लाइसेन्स परीक्षा प्राय ३ दिन हुने गरेको छ, साथै प्रश्न पत्र पनि ३ दिनको प्राय ६ सेट को हुन्छ ! एकै दिन एकै पल्ट सवैलाई एकै सेटको प्रश्न पत्रमा परीक्षा लिंदा न्यायिक हुने थियो । साथै लाइसेन्स परीक्षाको कोर्षको बिषयमा प्रष्ट धारणा सम्बन्धित निकाय बाट सार्वजनिक नभएको कारण कयौं बिधार्थिहरु पिडित बन्ने गरेका छन् । सो का निम्ति बैज्ञानिक/न्यायिक व्यवस्थापन गरियोस,

नेपालमा सिमित मेडिकल कलेज एवं सिट संख्याका कारण चिकित्षा शिक्षा अध्ययन गर्नका निम्ति प्रत्येक बर्ष नेपालबाट करिब १५००– २००० नेपाली विद्यार्थीहरु विदेश जान बाध्य हुने गरेका छन् । त्यसमध्ये अधिकांस नेपाली विद्यार्थीहरु बंगलादेश जाने गरेका छन् । यो बाहेक चाइना, इजिप्ट, फिलिपिन्स, रसियालगायतका देशहरुमा पनि नेपाली विद्यार्थी मेडिकल पढ्न जाने गरेका छन् ।

भएका मेडिकल कलेजहरुमा सिट संख्या बढाउदा पनि कयौं नेपाली विद्यार्थीहरुले स्वदेशमै पढ्ने अवसर पाउने थिए, बिदेशमा पठाउने करोडौं/अरबौं पैसा आफ्नै देशमा सिञ्चित हुने थियो, साथै नेपाली विद्यार्थीहरुलाई देशमै पढ्ने, बस्ने प्रोत्साहन मिल्ने थियो, आफ्नै देशमा, घर परिवार संगै बसेर,आफ्नै घरको खान खादै पढ्न मिल्ने वातावरण सिर्जना हुने थियो,

तसर्थ हाम्रा यी मागलाई यथाशक्य सम्बोधन गरि सहयोग गरिदिनुहुन माननीय मन्त्रीज्यूसमक्ष हार्दिक अपिल गर्दछौं ।

धन्यवाद !

नेप्लिज मेडिकल स्टूडेन्ट्स एसोसिएसन,बंगलादेश ।