२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘अञ्जिला’को रिलिज मिति सारियो, अब फागुन २९ गते रिलिज हुने



अ+ अ-

काठमाडौं। महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र ‘अञ्जिला’को रिलिज मिति सारिएको छ। पहिला माघ ११ गते रिलिज गर्ने योजना रहेको यो चलचित्र अब फागुन २९ गते रिलिज हुने भएको छ।

निर्देशक मिलन चाम्सले सबै पक्षहरू मिलाउने क्रममा रिलिज मिति सार्नुपरेको बताएका छन्। चलचित्रमा एञ्जिला स्वयं मुख्य भूमिकामा देखिनेछिन्, साथै दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ लगायत कलाकारहरूको अभिनय रहनेछ। निर्माता प्रेम कुमार श्रेष्ठले पनि चलचित्रमा प्रमुख भूमिका निर्वाह गरेका छन्।

चलचित्रको छायाङ्कन एञ्जिलाकै जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौँमा गरिएको छ। निर्देशक चाम्सले यो चलचित्रले फरक प्रकारको छाप छोड्ने दाबी गरेका छन्। चलचित्र एञ्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको कथामा आधारित छ, जसले इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिने प्रयास गरेको छ। यद्यपि, यो चलचित्र ठ्याक्कै एञ्जिलाको बायोपिक भने नभएको निर्देशकले स्पष्ट पारेका छन्।

चलचित्रको डिओपी सुदीप बराल र सम्पादन मिलन श्रेष्ठको रहेको छ भने मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा प्रेम श्रेष्ठले निर्माण गरेका हुन्। विनोद अग्रवाल र राजेश बगडिया सह-निर्माता हुन्। विनोद सुवेदी खत्री निर्माण नियन्त्रक हुन्।