१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

सुशासन प्रत्याभूत भएमात्र दीगो विकास र समृद्धिको आकाङ्क्षा पूरा हुन्छ: राष्ट्रपति

सुशासन प्रत्याभूत भएमात्र दीगो विकास र समृद्धिको आकाङ्क्षा पूरा हुन्छ: राष्ट्रपति
अ अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने संवैधानिक दायित्वलाई सबैले आत्मासात् गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल जनप्रशासन सङ्घद्वारा आज आयोजित हेमबहादुर मल्ल सम्मान अर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै राज्यबाट प्राप्त हुने सुविधामा जनताको समान र सहज पहूँच सुनिश्चित गरी सुशासन प्रत्याभूति भएमात्र दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा हुने बताउनुभयो ।

राष्ट्रपति पौडेलले मुलुकमा विधिको शासन सञ्चालन गर्न, नागरिकहरूलाई दिइने सेवामा दक्षता ल्याउन, सरकारी कामकारवाहीमा पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्वको बढावा गरी सुशासन कायम गर्न प्राज्ञिक तथा पेशागत संस्थाहरूको ठूलो भूमिका रहेको उल्लेख गर्नुभयो । पौडेलले भन्नुभयो, “यी सबै कार्यमा तीनै तहका सरकारलाई सघाउ पुर्‍याउन तथा घच्घच्याउन नेपाल जन–प्रशासन सङ्घ सँधै क्रियाशील रहोस् ।”

राष्ट्रपति पौडेलले पूर्व प्रशासकहरूमाथि राज्यको ठूलो लगानी रहेको भन्दै सकारात्मक मन, उर्वरशील मस्तिष्क, शीपयुक्त हातहरूका माध्यमबाट मुलुकको समृद्धि र जनताको हितका निम्ति राष्ट्रको सच्चा पहरेदार भएर काम गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “तपाईँहरूमाथि राज्यले ठूलो लगानी गरेको छ । जसको कारण तपाईंहरू क्षेत्रगत ज्ञान र सीपयुक्त विज्ञ पनि हो । तपाईँहरूलाई विश्वव्यापी अनुभव र राज्य प्रणाली सञ्चालनका नवीनतम् आयामहरूको बोध छ । यसर्थ, जीवनको उत्तरार्धमा राज्य प्रणालीबाट केही पाउँछु भन्दा पनि मैले केही योगदान गर्नुपर्छ भन्ने भावना मनभित्र राख्नुभएको छ भन्ने विश्वास लिएको छु । यस्तो सकारात्मक मन, उर्वरशील मस्तिष्क, शीपयुक्त हातहरूका माध्यमबाट मुलुकको समृद्धि र जनताको हितका निम्ति राष्ट्रको सच्चा पहरेदार भै काम गर्न म अपिल गर्दछु ।”

राष्ट्रपति पौडेलले ख्यातीप्राप्त प्रशासक एवं व्यवस्थापक स्वर्गीय हेमबहादुर मल्लको सम्मानमा हेमबहादुर मल्ल सम्मान स्थापना गरी शिक्षा, व्यवस्थापन, प्रशासन, सार्वजनिक वितरण, जनसरोकार एवं सरकारी तथा गैरसरकारी क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने महानुभावहरूलाई सम्मानित गर्ने परम्परा स्थापना गरेर नेपाल जन–प्रशासन सङ्घले महत्त्वपूर्ण काम गरेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

सो अवसरमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले तीनै तहका सेवा प्रवाहलाई प्रभावकारी बनाई जनमुखी त प्रविधिमुखी बनाउन वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

विधिको शासन, सुशासन र सामाजिक न्यायप्रति सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले संसद्मा विचाराधीन निजामती सेवा विधेयक चाँडै पारित गर्ने विषय उच्च प्राथमिकतामा रहेको जानकारी गराउनुभयो ।

सम्मानित व्यक्तित्व डा भेषबहादुर थापाले आफ्नो पाँच दशकको अनुभव सुनाउँदै नेपालले हासिल गरेको प्रगतिलाई विश्वमाझ पुर्‍याउन भूमिका निर्वाह गरेको बताउनुभयो । साल्ट ट्रेडिङ कर्पोरेसनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले व्यावसायिक सेवाका साथै सामाजिक उत्तरायित्वका विविध कार्यक्रम गर्दै आएको बताउनुभयो।

सङ्घका अध्यक्ष मधुरमण आचार्यले सङ्घले सार्वजनिक सरोकारसँग सम्वन्धित सार्वजनिक क्षेत्रको नीति निर्माण, पुनरावलोकन र मूल्याङ्कनमा पृष्ठपोषण गर्दै आएको बताउनुभयो । सङ्घका उपाध्यक्ष मुकुन्द निरौलाले मुलुकको सार्वजनिक क्षेत्रमा कुशल नेतृत्व दिने व्यवस्थापक तथा राष्ट्रसेवकलगायतलाई सम्मान प्रदान गरिँदै आइएको बताउनुभयो । रासस