४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

उडेको ३ मिनेट मै सम्पर्कविहीन भएको थियो दुर्घटनाग्रस्त हेलिकप्टर



अ+ अ-

काठमाडौँ । नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ ।

बुधबार १ बजेर १४ मिनेटमा त्रिभुवन विमानस्थलबाट ४ चिनियाँ यात्रु लिएर उडेको उक्त हेलिकप्टर शिवपुरी गाउँपालिका–७ सूर्यचौर डाँडामा दुर्घटना हुँदा हेलिकप्टरमा सवार पाँचै जनाको ज्यान गएको हो ।

दुर्घटनाग्रस्त हेलिकप्टर काठमाडौंबाट उडेको ३ मिनेटपछि नै टावरसँग सम्पर्कविच्छेद भएको खुलेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जारी गरेको विज्ञप्तिमा दुर्घटनाग्रस्त हेलिकप्टर काठमाडौंबाट उडेको ३ मिनेटपछि सम्पर्कविहीन भएको जनाइएको छ ।

‘३ मिनेटपछि काठमाडौं टावससँग सम्पर्क विच्छेद भइ काठमाडौं जिल्ला शिवपुरी गाउँपालिका वडा नं.७ सूर्यचौर भन्ने स्थानमा दुर्घटनामा परेको पुष्टि भएको । दुर्घटनाको खबर प्राप्त हुनासाथ उद्दार कार्यका लागि प्रभु हेलिकप्टरको हेलिकप्टर दुर्घटनास्थलतर्फ प्रस्थान गरिसकेको व्यहोरा जानकारीका लागि अनुरोध छ ।’ विज्ञप्तीमा भनिएको छ ।