४ पुष २०८२, शुक्रबार
,
Latest
संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई रिहा पछि रविको प्रतिक्रिया: हिसाब मिलाउनै बाँकी छ चौध खेलाडीलाई छात्रवृत्ति प्रदान स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट ब्रिटिस काउन्सिलद्धारा नेपालमा आइइएलटिएस उपहार २०२५ का विजेताको घोषणा एमालेमा कार्यविभाजनको जिम्मेवारी सचिवालयलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्घटनाग्रस्त हेलिकप्टरमा को–को थिए यात्रु ? (सूचीसहित)



अ+ अ-

काठमाडौँ । एयर डाइनेस्टीको हेलिकप्टर केहीबेरअघि नुवाकोटको शिवपुरीमा दुर्घटनामा परेको छ ।

शिवपुरी गाउँपालिका–७ स्थित शिवपुरी जङ्गलको सुइरेचौर क्षेत्रमा आगो बलेको र धुँवा देखिएपछि स्थानीयले हेलिकप्टर दुर्घटना भएको हुनसक्ने आशङ्का गरी प्रहरीलाई खबर गरेका थिए ।

काठमाडौंबाट स्याफ्रुबेंसी उडेको हेलिकप्टर बुधबार दिउँसो दुर्घटनामा परेको हो । हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । उक्त हेलिकप्टर चिनियाँ पर्यटक लिएर स्याफ्रुबेंसी उडेको थियो ।

दुर्घटनाग्रस्त हेलिकोप्टरमा सवार यात्रु:
हेलिकप्टर क्याप्टेन: अरुण मल्ल
चिनियाँ पर्यटक:
जुदाड टाङ
जी लि
जेमिङ सी
(सबै पुरुष)
यियाद वु (महिला)